Tuesday, October 2, 2018

बर्षा नहुदा कृषकहरु चिन्तित , पसाउन लागको धान डढन थाल्यो

 कपिलवस्तु १५ असोज
     
                सप्रीरहको धान बालीलाई आवश्यक भएको बेल बर्षा नहुदा कपिलवस्तु कृषकहरु चिन्तित बनेका छन । चर्को घामले धा बाली डढन थालेको कृषकहरु बताउछन । लामो समय देखि पानी नपर्दा धानको बाली सुक्न थाले पछि जिल्लाका कृषकहरु चिन्तित बनेका हुन । धानको दाना पसाउने बेलामा समेत बर्षा नभए पछि उनीहरु चिन्तामा डुबेका हुन ।
सिचाई सुबिधा अभावका कारण आकाशे पानीमा भरपर्दै आएका कृषकहरु सप्रीरहेको धानलाई चाहिने बेलामा समेतबर्षा नभए पछि ईन्तु न चिन्तुको अवस्थामा पुगेका छन् ।चर्को अभावले खेतमा रसायनिक मल समेत हाल्न नपाएर
मारमा परेका उनीहरु पानी नपरे पछि झन पीडीत बनेका छन् । ‘ बर्षा भएको छैन, सिंचाईकालागि पम्मपेटमा हाल्न तेल पाईन्न, मल समेत उपलब्ध छैन , ’ पानी नपरेर छटपटाएका कृषकहरु अहिले आफनो पीडा ब्यक्त गर्छन । कृष्णनगरको  नगरपालिको भगवानपुरका कृषक प्रभाकरमणी त्रिपाठीले दाना पसाउने बेलामा पानी नपार धान सुक्दै गएको दुःखेसो पाखे । लामो समय देखि बर्षा नभए पछि खेतमा रहेको धान ढड्न थाले पछि उनी अहिले निकै चिन्तित बनेका छन् । घरमा रहेका धान चामल बेचेर बल्लतल्ल पैसाको जाहो गरी गत साउनमा ४ बिघा खेतमा धान रोपेका थिए । जल्लामा मल नपाए पछि सरसापट लिइ भारतबाट मल किनेर खेतमा मल छरेका कृषक त्रिपाठी लागनी र परिश्रम खेर जाने अवस्थामा पुगेको बताउछन् । ‘ खेतमा पसाउन लागेका धान जति सबै डढन लागी सक्यो, एक हप्ता भित्र पानी नपरे सारा लगानी खेर जान्छ , ’ निराश हुदै उनले भने ‘ सिंचाईको कुनै ब्यवस्था छैन, अब त ईश्वरको साहारा मात्र छ । ’ कपिलवस्तु नगरपालिका– ३ का कृषक राका यादव पनि पानी नपरे पछि खेतको धान सुकेर पहेलो हुन लागे पछि दुःखी भएकाक छन् । ‘ लामो समय देखि बर्षा भएको छैन, खेतमा सप्रीरहेको धान सुकेर मर्न थालेको छ, ’ उनले भने ‘ सिचाईकालागि कुनै ब्यवस्था छैन । ’ कृषक प्रभाकर र राका मात्र होईन जिल्लाका अधिकांस कृषक अहिले पानी नपर्दा चिन्तित बनेका छन् । जिल्लाकै प्रमुख बालीकारुपमा रहेको धान खेतीको उत्पादनमा पानी नपरे पछि निकै कमी आउने कृषकहरु बताउछन् । नेपाल किशान संघका जिल्ला अध्यक्ष चर्तुभजीमणि त्रिपाठीले धानलाई आवश्यक परेको बेला पानी नपरे पछि जिल्लाका कृषकहरु मारमा परेको बताए । लामो समय देखि बर्षा नहुदा पसाउन लागेको धान खेतमा पानी नहुदा सप्रीरहेको धानको गाना र पसाईरहेको बाला सुक्न लागेको बताए । । नहर र कुलोको सुबिधा भएका केही कृषकले मात्र खेतमा सिंचाइृ गर्न पाएका छन । अहिले अधिकांस कृषकहरुले पानी नपरे पछि पम्पसेटले सिंचाई गर्न बाध्य छन । कृषि ज्ञान केन्द्रका प्राबिधिक  अहमद खाँले एक हप्ता भित्र पानी नपरे धान उत्पादनमा धेरै असर पुग्ने बताए । पानीको अभावमा जिल्लाको बहादुरगंज, महाराजगंज, उत्तरी र पुर्वी गाबिसहरुमा धान ढड्न थालेको उनले बताए । ‘ पानी नपर्दा धान खेतीलाई धेरै असर गरेको छ, एक हप्ता पानी नपरे धान उत्पादनमा निकै कमी आउने देखिन्छ । ’ उनले भने । जिल्लामा चाडे पाक्ने र ढिलो गरी पाक्ने दुई थरीका धान खेती गरिन्छ । पानी नपर्दा दुबै थरीलाई असर गरेको छ । जिल्लामा ७२ हजार हेक्टरमा धान खेती गरिन्छ । २० हजार भन्दा कम हेक्टरमा मात्र सिंचाई सुविधा रहेको छ । अहिले बर्षा नहुदा गहु बालीलाई समेत असर गर्ने कृषि प्राबिधिकहरु बताउछन । बर्षा नभए गहु बालीकालागि चािहने माटोका नमी नहुने भएकाले उत्पादनमा समेत असर पर्ने उनीहरु बताउछन ।


No comments:

Post a Comment