Sunday, December 2, 2018

कपिलवस्तु क्षेत्र नं. ३ का सासद अभिषेकप्रताप शाहले ४ करोड बजेट विनियोजित ।

१७ मंसिर,२०७५
सनिउल्ला धोबी, कपिलवस्तु,,
                                                                      कपिलवस्तु क्षेत्र नं. ३ का सासद अभिषेकप्रताप शाहले ४
 करोड बजेट विनियोजित गरेका छन । सांसद शाहले स्थानिय पुर्वाधर विकास साझेदारी कार्यक्रम अन्तरगत बजेट विनियोजित गरेको बताउनु भएको छ । उहाले क्षेत्रको विकासको लागि कृषि, सडक, शिक्ष्ाँ, भौतिक पुर्वाधार निर्माण, खानेपानी, सिचाई लगायतको क्षेत्रमा बजेट विनियोजीत गरेको बताउनु भयो । उहाले ५८ प्रतिशत बजेट बाटो मर्मत, स्तरोउन्नितमा छुटयाइएको छ । कपिलवस्तृ क्षेत्र नं ३ मा १९ योजनाका लागि बजेट विनियोजन गरिएको छ । शाहले आवश्यक्ता अनुसार सबैभन्दा बढी ५०÷५० लाखका योजना विनियोजन गर्नु भएको जानकारी दिनुभयो । सांसद शाहले आप्नो क्षेत्रमा पर्ने कृष्णनगर, शिवराज, महाराजगगंज नगरपालिका र विजयनगर गाउपालिकामा सामानुपातिक रुपमा बजेट विनियोजन गरेको बताउनु भयो ।
महराजगंज नगरपालिका वाड नं. ६ बड्की भलवारीदेखि हुलाकी रोड सम्म सडक स्तरोन्नती र कृष्णनगर नगरपालिका वडा नं. २ महेन्द्र पार्क देखि बैंक सडक स्तरोन्नती गर्न उक्त बजेट छुट्याईएको छ । कृष्णनगर नगरपालिकामा ह्याण्ड पम्म जडान गर्न २० लाख, उक्त नगरपालिका वार्ड नं. १० सौनहवामा अधुरो प्रसुती गृह निर्माण गर्न १३ लाख र कृष्णनगर जाने मुल सडकदेखि लोहरौला जाने सडक सम्म सडक स्तरोन्नती १३ लाख छुट्याईएको छ ।
कृष्णनगर नगरपालिका वार्ड नं. १२ हरिहरपुरमा अधुरो नाली र सडक निर्माण १२ लाख, कृष्णनगर नगरपालिका ८ लिंक रोडदेखि पुर्व पोखरी शिवमन्दिर जाने सडक स्तरोन्नती २० लाख र विजयनगर गाउपालिका २ लौहरौलामा थारु संग्रहालय निर्माण २० लाख विनियोजन गरिएको छ । विजयनगर गाउपालिका ७ बड्सुडवा, ढोढरी र परसोहियाको सिमानामा डिप बोरिङ जडान ३५ लाख, उक्त गाउपालिकाको वार्ड नं. १ का नेवलागंज र जुवाबैराठ प्रावि वाउन्डरी वाल निर्माणा गर्न १०÷१० लाख र शिवराज नगरपालिका ९ शिवगढी, अंचलपुर र बनिभारको बीचमा पर्ने गल्छीमा कल्र्भट निर्माण २० लाख विनियोजन गरिएको छ ।
शिवराज नगरपालिका ३ मदवा मा कृषि सिंचाई डिप बोरिङ ३५ लाख, उक्त वार्डको वाल शिक्षा माविमा भौतिक पुर्वाधारकालागि १० लाख र वार्ड नं. ४ वनकट्टी बुद्धटोलदेखि बाध सम्म बाटो पिसिसि १० लाखको योजना छनौट गरिएको छ । शिवराज नगरपालिका वार्ड नं. ५ काग्रेस चौकदेखि परसिया सडक मर्मत २५ लाख, वार्ड नं. १ शिवपुर स्थित नेपाल आदर्श उमावि भौतिक पुर्वाधार निर्माण १५ लाख, वार्ड नं. ३ मजगाउ, बलुहवा, हचुवा सडक स्तरोन्नति १० लाख र वार्ड ११ छोटकी थुन्हियादेखि सेमरी सम्म सडक मर्मत २० लाख विनियोजन गरिएको छ ।

No comments:

Post a Comment