Tuesday, July 29, 2014

कपिलवस्तु क्षेत्र नम्वर ४ को संसद विकास कोषवाट प्राप्त रकमको काम सार्वजनीक ।

चन्द्रौटा (कपिलवस्तु), १२ साउन ।
              कपिलवस्तु क्षेत्र नम्वर ४ का प्रतक्ष सविधान सभा सदस्य एवं नेपाली काग्रेसका पार्टी सभापति सुरेन्द्रराज आर्चायले संसद विकास कोषवाट प्राप्त रकमको काम सार्वजनीक भएको छ । आर्थिक वर्ष २०७०।७१ मा आर्चायलाई प्राप्त १० लाख रुपैयाको विकास

निर्माण कार्यको जानकारी गराइएको छ । सम्पन्न कार्यको नेपाली काग्रेसको क्षेत्रिय सभापति प्रेमबहादुर सिंह रायमाझिले एक प्रेस विज्ञप्ती निकालि सार्वननिक गरेका छन ।
सम्पन्न काममा महिला वि
पन्न दलित ,युवा पिछडा वर्गको सशक्तिकरण क्षमता तथा नेत्तृत्व विकास तालिममा १ लाख ८५ हजार ।शिसवा गाविसको औरहवा गाउमा सडक स्तोरन्नतीमा २ लाख २५ हजार ।थुन्हिया गाविसको वडकी थुन्निया सडक स्तोरनन्नतीमा १ लाख ५० हजार,मानपुर गाविसको मानपुर गाउमा वाटो स्तोरन्नतीमा १ लाख । उदयपुर गाविसको दुदुरा देखी इटोलको बाटोमा सडक गेभ्रेल तथा स्तोरन्नतीमा १ लाख । भलवारी गाविसको ठुलो वुटहनीया सडक स्तोरनन्ती ५० हजार वरावरको काम र खर्च भएको जनाइएको छ । त्यस्तै महाराजगज गाविस पडरिया गाउमा रहेको शिवमन्दिरमा वाउण्डरिग र तार वारको लागि १ लाख खर्च गरिएको वताइएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय महांराजगजंको लागि भवन निर्माण स्वरुप कर्कट पाताको लागी ३२ हजार वरावरको रकम सहयोग गरेको जनाइएको छ । वाकी रकमममा कनटरजेन्सी र प्रशासनिक खर्च भएको जनाइएको छ । उक्त कार्यमा स्थानीय जनताको प्रतक्ष सहभागिता र २० प्रतिशत बरावरको रकम श्रमदान भएको समेत क्षेत्रीय सभापति रायमाझिले वताएका छन । यसै विच सभासद आर्चायले कम लगानीमा स्थानीय जनताको सहभागितामा उपलब्धी मुलक कार्य भएको वताएका छन । आगामी वर्ष अन्य गाविसको विकास निर्माणको लागि कार्यक्रम तय गरिने समेत सभासद आर्चायले वताएका छन । त्यस्तै जिल्लाको सम्रग विकासको लागि सदन र विषयगत मन्त्राहरुवाट योजना वनाइ रकम विनीयोजन गरि विकासको लागि आफुले पहल गरेको समेत आर्चायले वताएका छन ।

No comments:

Post a Comment