बसको ठक्करबाट मोटरसाइकल सवार दुई युवक गम्भीर घाइते
चन्द्रौटा (कपिलवस्तु), १२ साउन ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवपुरमा सोमबार सवारी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।पूर्वबाट पश्चिमतर्फ गइरहेको लु १९ प २९४० नम्बरको मोटरसाइकललाई
सोही दिशातर्फ गइरहेको ना ५ ख ७९६ नम्बरको यात्रुबसले ओभरट्याक गर्ने क्रममा दुर्घटना भएको हो । घटनामा परी भरतपुर १०, चितवनका ३२ वर्षीय कमल जि.सी. र तुल्सीभञ्ज्याङ स्याङ्जा घर भएका ३५ वर्षीय तेजबहादुर कँडेल गम्भीर घाइते भएका छन् । गम्भीर घाइते दुवैजना मोटरसाइकल सवार थिए । घाइते दुवैलाई चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक वडा प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभएको छ

No comments:
Post a Comment