सनिउल्ला धोबी
कपिलवस्तु चन्द्रौटा साउन ११
कपिलवस्तुमा लामो समयदेखि पानी नपर्दा करिब ४० प्रतिशत जमिनमा रोपाई नहुँदा बाँझो रहेको छ । असारदेखि साउनको १५ सम्म अधिकांश रोपाई सकिने भए पनि पानी नपर्दा धानको बीउ ब्याडमै सुकेको छ ।
केही किसानले नदी, ताल, पोखरीबाट मेसिनमार्फत पानी चलाएर रोपाई गर्न खोजे पनि डिजेल नपाइने जस्ता समस्या परेको बताउँछन् । जिल्लाको पूर्वी र दक्षिणी क्षेत्रमा धेरै मात्रामा रोपाईं सकिए पनि कजरहवा, हरदौना, अजिगरा भलबारी थुन्हिया, मानपुरलगायत पश्चिमी गाविसहरुमा ४० प्रतिशत जमिनमा धान रोप्न बाँकी रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख खुर्सेद अहमद खाँले जानकारी दिनुभयो ।
No comments:
Post a Comment