Sunday, July 27, 2014

इजराइलद्वारा चर्काइएको द्वन्द्वलाई बन्द गरिनुपर्ने कपिलवस्तुका मुस्लिमहरुको माग ।।

सनि र कपिलवस्तु
कपिलवस्तु चन्द्रौटा साउन ११
विगत केहि हप्ता देखी इजराइलमा भइरहेको हिसां बन्द गर्न कपिलवस्तुका मुस्लीम आगुवाहरुले माग गरेका छन । इजराइलमा भइरहेको आक्रमणको विरोधमा कपिलवस्तुको कृष्णनगरमा आइतवार ¥याली निकाली हिसां बन्द गर्न माग गरेका हुन ।

¥याली पछि कोणसभामा बोल्दै मानव अधिकार हनन्का घटनालाई बन्द गरी शान्ति अमनचयन कायम गर्नुपर्ने अगुवाहरुले बताएका हुन् । केही समय अघि इजराइलले पेलिस्टाइनको गाजा क्षेत्रमा गरेको आक्रमणबाट बालबालिका, महिला लगायत कैयौंले अकालमै ज्यान गुमाउनु परेको विरोधमा मुस्लिम अगुवाहरुले नेपाल सरकारले समेत दुई देशको शान्ति सम्झौतामा भूमिका खेल्नुपर्ने औल्याए । संयुक्त राष्ट्र संघले समेत मानव अधिकारका रक्षा गर्न जोडदार माग गरे ।
कृष्णनगर ७ स्थित मदरसा जामिया सेराजूल उलूम अलसलफियाद्वारा आयोजित विरोध ¥यालीले कृष्णनगर बजार परिक्रमा गरेको थियो । ¥यालीपछि गोलघरको चोकमा कोणसभामा परिणत भएको थियो । गाजा क्षेत्रमा भएको आक्रमणको विरोधमा यहाँका बालबालिका, युवा, वृद्ध समेतले ¥यालीमा सक्रिय सहभागिता जनाएका थिए ।
कोण सभामा जामिया सेराजूल उलूम अलसलफियाका अध्यक्ष मौलाना समिम अहमद नदवी, उपाध्यक्ष डा. मन्जूर अहमद खाँ, मदरसा दारुल हूदाका अध्यक्ष मौलाना मसहूद खाँ “नेपाली”, पूर्व शिक्षा डाइरेक्टर महमूद आलम खाँ, समाजसेवी सइयद अब्दुल कदिर, कृष्णनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष ऐहसान खान, वाणगंगा ट्रक व्यवसायी संघका अध्यक्ष अल्ताफूर्र रहमान खाँ, जामिया स्लामिया नइमियाका अध्यक्ष कलाम खाँ लगायतले कोणसभालाई सम्बोधन गर्दै इजराइलले पेलिस्टाइनीहरुलाई आप्mनै देशमा शरणार्थी बनाएको परेको आरोप लगाए । उनीहरुले इजराइली प्रधानमन्त्री बेन्जामिन नेतिनन्याहूलाई अपराधीको संज्ञा दिंदै राजीनामाको माग समेत गरे । साथै उनीहरुले त्यहाँका बासिन्दाहरुलाई शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरिनुपर्ने माग गर्दै संयुक्त राष्ट्र संघले पहल खेल्नुपर्ने माग गरेका छन ।
सन् १९४८ मा इजराइले पेलिस्टाइनमा कब्जा जमाई त्यहाँका बासिन्दामाथि इजराइलले दमन गर्दै आएको मौलाना मसहूद खाँले आरोप लगाए छन । साथै गाजा क्षेत्रलाई चारैतिरबाट गरिएको नाकाबन्दीलाई समेत खतम गर्नुपर्ने मुस्लिम अगुवाहरु सो अवसरमा माग गरेछन ।
कोणसभापछि मौलाना समिम अहमद नदवीको नेतृत्वमा मुस्लिम अगुवाहरुको एक टोलीले इजराइलद्वारा चर्काइएको द्वन्द्वलाई यथासीघ्र बन्द गरिनुपर्ने लगायतका माग सहित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

No comments:

Post a Comment