Monday, July 14, 2014

सामाजिक परिचालकको कार्यशैलीमा सुधार ल्याउन अवलोकन भ्रमण

सीताराम चौधरी
चन्द्रौटा (कपिलवस्तु), २९ असार ।
जिल्ला विकास समिति कपिलवस्तुले जिविस कर्मचारी र एलजीसीडीपीका सामाजिक परिचालकहरुलाई भारतको सिक्किम, दार्जिलिङ र नेपालका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण
गराएको छ ।
विभिन्न स्थानमा भए गरेका राम्रा पक्षबाट नयाँ किसिमको सीप दक्षता हासिल गरी आफ्नै गाउँ ठाउँमा लागू गर्ने उद्धेश्यले जिविसको बजेट अन्तर्गत सामाजिक परिचालकहरुलाई अवलोकन भ्रमण गराइएको हो । अवलोकन भ्रमणबाट सामाजिक परिचालकको व्यक्तिगत व्यवहार, आचारण तथा कार्यदक्षतामा सुधार आउने जिविसका आन्तरिक लेखा परीक्षक सहायक हरिप्रसाद गिरीले विश्वास व्यक्त गर्नुभयो । जिल्लाका ७७ गाविसका सामाजिक परिचालकहरुलाई दुई समूहमा विभाजन गरी अवलोकन भ्रमण गराएको जिविस लेखापाल सिद्धिप्रसाद खनालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment