सीताराम चौधरी
चन्द्रौटा (कपिलवस्तु), २९ असार ।
कपिलवस्तु थुन्हियाकी लक्ष्मी कुँवरले सिलाई कटाई तालिमबाट पाएको सीपपछि अब आफ्नै व्यवसाय संचालन गरी आत्मनिर्भर बन्ने बताउनुभएको छ । आफूले केही गर्न नसक्ने भनी सधैं जीवनलाई धिक्कार्ने
उहाँले हालै ६ महिने सिलाई कटाई सीप पाएपछि आफ्नो जीवनमा परिवर्तन आएको बताउनुभयो । लक्ष्मी जस्तै त्यस ठाउँकी सृजना भट्टराई, पवित्रा के.सी, सावित्रा भुसाल लगायत २० जना किशोरीले समेत सिकेको सीप परिचालन गरी व्यवसायिक रुपमा अगाडि बढ्ने बताएका छन् ।
शान्ति पुनस्र्थापना गृह कृष्णनगरले त्यहाँका किशोरीहरुलाई आत्मनिर्भर बनाउन ६ महिने निःशुल्क सिलाई कटाई सीप दिएपछि किशोरीहरुमा आत्मबल बढेको हो । ६ महिने सिलाईकटाई तालिमपश्चात आइतबार नयाँबस्ती स्थित दुर्गाभवानी माविमा आयोजित समापन समारोहमा सिलाई मेसिन हातमा लिँदै किशोरीहरुले आफूहरु सिकेको सीपलाई व्यवहारमा उतार्ने बताएका हुन् । अशिक्षा र बेरोजगारी समस्याका कारण किशोरीहरु गलत क्रियाकलापमा लागिरहेको यथार्थतालाई मध्यनजर गर्दै शान्ति पुनस्र्थापना गृहले किशोरीहरुलाई परामर्शका साथै आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम, तालिम दिँदै आएको संयोजक भूमिराज भट्टराईले बताउनुभयो । गत पौष ११ गतेदेखि संचालन भएको सिलाई कटाई तालिम सकिएपछि आइतबार आयोजित समापन समारोहमा संस्थाले २० जना किशोरीहरुलाई एक एक थान सिलाई मेसिन र तालिमको प्रमाण पत्र हस्तारण गरेको थियो ।
तालिम समापन समारोह संस्थाकी केन्द्रिय अध्यक्ष शान्ता सापकोटाको अध्यक्षता, गाविस सचिव देवराज चौधरीको प्रमुख आतिथ्यता र विद्यालयका प्रधानाध्यापक राजकुमार ज्ञवालीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा जनजागृति महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष चन्द्रकला पौडेल, बाबुराम भुसाल, बिरबहादुर गुरुङ, तालिमकी प्रशिक्षक मञ्जु सापकोटा लगायतले तालिमका सहभागीहरुलाई सफलताको शुभकामना दिएका थिए ।
तालिम शान्ति पुनस्र्थापना गृहका केन्द्रिय सचिव ईन्द्रराज भट्टराईको स्वागत र पीआरसी कृष्णनगर संयोजक भूमिराज भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

No comments:
Post a Comment