Monday, July 14, 2014

युवालाई लक्षित गरी खुरुहुरियामा कम्प्यूटर तालिम

सीताराम चौधरी
चन्द्रौटा (कपिलवस्तु), २९ असार ।
सूचना संचार प्रविधिको विकास सँगै गाविसका युवाहरुलाई लक्षित गरी यही असार ३२ गतेदेखि कपिलवस्तुको खुरुहुरिया गाविसले दुई महिने आधारभूत कम्प्यूटर तालिम संचालन गरिने भएको छ ।

      गाविसको लक्षित वर्गको कार्यक्रम अन्तर्गत आदिबासी, जनजाति, मधेशी, मुस्लिम, दलित र अन्य वर्गका युवाहरुलाई कम्प्यूटरसम्बन्धी आधारभूत जानकारी दिन तालिम संचालन गर्न लागिएको गाविस सचिव झलक कुमार श्रेष्ठले जानकारी दिनुभएको छ । जिल्लाको खुरुहुरिया ६, प्रेमनगरमा संचालन हुने कम्प्यूटर तालिममा ६० जना युवायुवतीहरुको सहभागिता रहने सचिव श्रेष्ठले बताउनुभयो । तालिममा चन्द्रौटा स्थित राइट स्टेप एजुकेसन एकेडेमीको प्राविधिक सहयोग रहने गाविस सचिव श्रेष्ठले जनाउनुभएको छ ।

No comments:

Post a Comment