सीताराम चौधरी
चन्द्रौटा (कपिलवस्तु), २९ असार ।
अगुवा कृषकहरुका लागि कपिलवस्तुको खुरुहुरियामा बेमौसमी तरकारी खेती तथा धानबाली सम्बन्धी ५ दिने तालिम आइतबारदेखि शुरु भएको छ ।
आधुनिक प्रविधिको प्रयोग गरी खेतीप्रणाली र बालीनालीमा बैज्ञानिक सुधार ल्याउन तालिम संचालन गरिएको हो । तालिमबाट अगुवा कृषकहरुमार्फत गाविसका सबै कृषकहरुमा सीप दक्षता हस्तान्तरण गरी बालीनाली उत्पादनमा दोब्बर वृद्धि हुने अपेक्षा राखी गाविसको कृषि कार्यक्रम अन्तर्गतको बजेटबाट तालिम संचालन गरिएको सचिव झलक कुमार श्रेष्ठले बताउनुभयो ।
खुरुहुरिया ४ रामशरण निमाविमा संचालन गरिएको तालिममा ९ ओटै वडाबाट ३ जनाका दरले २७ जनाको सहभागिता रहेको सचिव श्रेष्ठले जानकारी दिनुभयो । पाँच दिनसम्म चल्ने तालिमको सहजीकरण गणेशपुर कृषि उपकेन्द्रका प्रमुख सुदिप मौर्यले गर्नुभएको छ । तालिम साउन १ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।
No comments:
Post a Comment