प्रेरक भनाईहरु
तिम्रो सफलताको बाधक
१७ असार * तिम्रो सफलताको बाधक धन होइन, किनभने चार्ली च्याप्लीन
देखि लिएर मोजार्ट, रकेफेलर गरिब थिए ।
* तिम्रो सफलताको बाधक विद्यालयी शिक्षा होइन, किनभने
थोमस एडीसन, मेक्सिम गोर्की, एन्ड्रयु कारनेगी विद्यालय नै
गएका थिएनन् ।
* तिम्रो सफलताको बाधक परिवारको साथ नहुनु होइन, किनभने
अब्दुल कलाम, हेनरिक इब्सन परिवाराट टाढीनुपरेको थियो ।
* तिम्रो सफलताको बाधक शारीरिक असक्षमता होइन, स्टेफन
हकिङ, होमर, जोन मिल्टन, झमक घिमीरे सबै अपांग थिए ।
* तिम्रो सफलताको बाधक कसैको सहयोग नपाउनु होइन, किनभने
वाल्ट डिज्नी, मेक्सिम गोर्की, क्रिष्टफोर कोलम्बसलाई सबैले
सहयोग गर्न अस्विकार गरेका थिए ।
* तिम्रो सफलताको बाधक बारम्बारको असफलता होइन एडिसन,
अब्राहम लिंकन, क्युरी दम्पती अमिताभ बच्चन बारम्बार असफल
भएका थिए ।
* तिम्रो सफलताको बाधक त तिमी स्वयं हौ जसले
अघि बढ्नुमा संघर्ष गर्नुमा बाहाना देखाउदछ ।
तिम्रो असफलताको बाधक त तिम्रो क्षिण सोचाइ हो,
कायरता हो, अल्छी प्रवृत्ती हो, आत्मविश्वास नहुनु हो,
सुरक्षा खोज्नु हो....। तिमी सिवाय
यो ब्रह्माण्डमा तिम्रो सपनालाई कुल्चाउन सक्ने कुनै
दोश्रो ताकत छैन ।
No comments:
Post a Comment