Thursday, August 7, 2014

एक थान इटालियन पेस्तोलसहित कपिलवस्तुको चन्द्रौटाबाट एक जना पक्राउ परेका छन्।


                                            सीताराम चौधरी
                                           चन्द्रौटा, कपिल
वस्तु
Image result for gun pictureएक थान इटालियन पेस्तोलसहित कपिलवस्तुको चन्द्रौटाबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सैया गाविस–५, दाङ बस्ने वर्ष २५ का वसन्त घर्तीमगर रहेका छन्।

चन्द्रौटास्थित प्युठानी होटलको कोठा नं. १२ बाट सशस्त्र प्रहरीले पेस्तोल बरामद गरेको हो। परिवारका लागि कोठा खोज्न गएका सशस्त्र सहायक प्रहरी हवल्दार केशव सुवेदीले कोठामा हतियार देखेपछि नियन्त्रणमा लिएका थिए।
भाडामा बसेका घर्तीसहित दुई जनाले हाम्रो हो भनी एकछिन दुई पक्षबीच हतियार खोसाखोससमेत भएको सशस्त्र प्रहरी उपरीक्षक हरिश्चन्द्र अधिकारीले बताउनुभयो।
होटलमा एक्लै गएका सशस्त्र सहायक हवल्दार सुवेदीले हतियार लिई तल ओर्लेर नेपाल प्रहरीलाई समात्न दिएको साथै सशस्त्र र नेपाल प्रहरीका टोली कारोबारीलाई पक्राउ गर्न होटलमा पुगेका थिए।
प्रहरीको चाल पाई हतियार कारोबारमा संलग्न एक जना भाग्न सफल भएको र वसन्त घर्ती भने दुई तल्लामाथिबाट हामफाल्दा घाइते भई प्रहरीको फन्दामा परेका हुन्।
हतियार कारोबारमा संलग्न घाइते घर्तीलाई उपचारका लागि प्रहरीले सञ्जीवनी सामुदायिक अस्पताल भर्ना गरेको छ। बरामद गरिएको पेस्तोलमा दुईओटा गोलीसमेत रहेको सशस्त्र प्रहरी बल विन्ध्यावासिनी गणका प्रहरी उपरीक्षक हरिश्चन्द्र अधिकारीले जानकारी दिनुभयो।
सशस्त्रले बरामद गरेको पेस्तोल आवश्यक कारबाहीका लागि मंगलबार नेपाल प्रहरीको जिम्मा लगाएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो। हतियार कारोबारमा संलग्न घर्तीलाई आवश्यक कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

No comments:

Post a Comment