Monday, November 19, 2018

सामुदायिक वन नगर महासंघमा के.सी. सर्वसम्मत



news          चन्द्रौटा (कपिलवस्तु), ३ मंसिर–
                    सामुदायिक वन शिवराज नगर महासंघको अध्यक्ष पदमा शिवराज नगरपालिका १, बेलौती निवासी खिम विक्रम के.सी.सर्वसम्मत चयन भएका छन् ।सामुदायिक वन प्रदेश महासंघ सदस्य रामबहादुर के.सी.को अध्यक्षतामा शिवपुरमा सम्पन्न बैठकको पूर्ण बहुमतले विक्रम के.सी.लाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । शिवराज नगरपालिकाभित्र रहेका सामुदायिक वनहरूको छाता संगठनको रूपमा नगर महासंघ रहेको छ ।
के.सी. यसअघि नगर महासंघको सदस्य रहेका थिए । नगर महासंघले नगरभित्र रहेका सामुदायिक वनहरूसँग समन्वय र सहकार्य गरी कार्यक्रम विस्तार गर्ने बताइएको छ ।
नगर महासंघको अध्यक्षमा नियुक्त भएसँगै के.सी.ले आफूलाई कामको मूल्यांकन गर्दै गरिमामय अध्यक्ष जस्तो पदमा चयन गरेकोमा नगर महासंघ तथा सामुदायिक वनका सम्पूर्ण पदाधिकारीप्रति आभारी रहेको बताए । 
साथै उनले सबैसँग हातेमालो गरी अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् । कार्यक्रममा टिकुलीगढ सामुदायिक वनका अध्यक्ष गणेशराम चौधरी, चेतनशील सामुदायिक वनका अध्यक्ष बालकृष्ण थारु, जनचेतना सामुदायिक वनका सचिव इन्द्र थारु ल्गायतले नव नियुक्त नगरमहासंघका अध्यक्ष के.सी.लाई बधाई दिंदै सफल कार्यकालको शुभकामना दिएका थिए ।

No comments:

Post a Comment