Monday, November 19, 2018

प्रथम थारु सांस्कृतिक नृत्य र पाँचौं डान्स आइडल

   
                  दर्शकलाई भरपूर मनोरञ्जनका साथै आकर्षित पार्ने थारु नृत्य र डान्स आइडललाई महोत्सवको प्रमुख आकर्षणको रूपमा लिइएको हो । थारु सांस्कृतिक नृत्य र डान्स आइडललाई अझ परिष्कृत गरी अगाडि बढाउन प्रथम चरणको अडिसनबाट उत्कृष्ट प्रतियोगी र समूह छनौट गरिएको छ ।
यस क्षेत्रमा बसोबास गर्ने थारु समुदायको पोशाक, भाषा, कला संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रचारप्रसारमा थप टेवा पुग्ने उद्देश्यले पहिलो पटक शुरुवात गरिएको प्रथम थारु सांस्कृतिक नृत्य
प्रतियोगितामा १२ वटा टिम छनौटमा परेका छन् ।अडिसनबाट शिवराज ५, दक्षिण रहटकोलको ब्राइट राइजिङ युवा क्लब, वाणगंगा ९, पश्चिम जिनवाको सूर्योदय युवा क्लब, वाणगंगा ८, चप्परगाउँको थारु सांस्कृतिक संरक्षण तथा सम्बद्र्धन सभा, वाणगंगा ७, मोतीपुरको नव जनशक्ति युवा संगठन छनौटमा परेका छन् । यसैगरी शिवराज ५, पूर्व रहटकोलको जागृति युवा क्लब, शिवराज २, डोंगरडिहवाको लुम्बिनी बाल तथा युवा क्लब, शिवराज १, शिवपुरको न्यू बाल अनुशासन टिम, बाणगंगा २, तेनुइयाको नवप्रतिभा युवा क्लब प्रथम अडिसनबाट छनौट भएका छन् । यसका साथै अडिसनबाट शिवराज २, बालापुरको नमूना समानता बालक्लब, विजयनगर गापा २, लोहरौलाको सूर्योदय सामाजिक सेवा संघ, शिवराज २, मदरहवाको आदर्श युवा क्लब र शिवराज ९, भगवानपुरको भगवानपुर गाउँ समाज समिति छनौटमा परेको बताइएको छ ।यसैबीच पाँचौं डान्स आइडलको प्रथम अडिसनबाट समेत १२ जना प्रतियोगी छनौटमा परेको आइडल संयोजक सुमन पौडेलले जानकारी दिएका छन् । कूल १५ जना सहभागी रहेको प्रथम अडिसनबाट उत्कृष्ट १२ जनालाई छनौट गरिएको आइडल संयोजक पौडेलको भनाई छ ।
पाँचौं आइडलको लागि छनौटमा परेका प्रतियोगीमध्ये एम.एस. गर्ल, सिर्जना रोकामगर, सम्झना जिसी, अन्जली गौतम, बालिका पाण्डे, कविता सुनार, पदम व्याचलर, सुजता श्रेष्ठ, उत्कृष्ट क्षेत्री, राखी श्रेष्ठ, अस्मिता पौडेल र मनिष सुनार रहेका छन् । छनौटमा परेका प्रतियोगीले महोत्सव स्थलमा आफ्नो प्रस्तुति देखाउन पाउने छन् ।“कृषि, पर्यटन, उद्योग–व्यापार र रोजगार, आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मुलनाराका साथ हुन लागेको पाँचौ चन्द्रौटा महोत्सवकोे तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवमा २६० स्टलहरूमा करीब ९७ प्रतिशत स्टल बुकिङ भइसकेको स्टल संयोजक नवराज न्यौपानेले जानकारी दिएका छन् । साथै स्थानीय ब्यापारीहरूका लागि स्टलमा बिशेष छुटको ब्यवस्था रहेको न्यौपानेले बताए ।
कपिलबस्तुका पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा शिवराज नगरपालिकाभित्रका बर्थिङ सेन्टरहरूलाई प्रति टिकट रु १ सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको ब्यापार संघका अध्यक्ष महादेव पोख्रेलले जानकारी दिए ।


यही मंसिर ६ गतेदेखि शुरु हुन लागेको पाँचौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा प्रमुख आकर्षणको रूपमा थारु सांस्कृतिक नृत्य प्रतियोगिता र पाँचौं डान्स आइडललाई मानिएको छ ।

No comments:

Post a Comment