Wednesday, October 31, 2018

कपिलवस्तु न्युज,
कात्तिक १४ कपिलबस्तु

               शिबराज नगरपालिकाको कार्तिक १४ गते बसेको कार्यपालिका बैठकबाट बिभिन्न निर्णय भएका छन नजिकिदै गरेका दिपावलीको समयमा हुन सक्ने झैझगडा नियन्त्रण तथा शान्तिकायम गर्न पटका भुइचम्पा लगायतका विष्फोटक पर्दाथहरुको ओसार पोसार विक्रि वितरण तथा प्रयोग नगर्ने नगराउन अनुरोध गरेको छ ।
कसैले गरेको पाइएका कानुन अनुसार कारवाही गरिने छ । सामाजिक परम्परानुसारको देउँसी भैलो कार्यक्रमलाइ मर्यादीत रुपमा संचालन गर्ने , ध्वनी प्रदुषण हुने गरि साउण्ड सिस्टम नबजाउने, राती १० बजेपछी देउँसी भैलो नखेल्ने र रु. १०१ भन्दा बढी दक्षिणा दिन बाध्य नगर्ने नगराउने सम्बन्धि निर्णय भएको छ ।

जुवाँतास लगायतका कुनै पनि जुवाजन्य कृयाकलापहरु नगर्ने नगराउने तथा रातीको ९ बजेपछी कुनै पनि होटल तथा रेष्टुरेण्टमा मदिराजन्य व्यापार व्यावसाय नगर्ने लगायतका निणर्य शिवराज नगरकार्यपालिकाको बैठकले निणय गरेको छ।

No comments:

Post a Comment