Thursday, October 4, 2018

कपिलवस्तुमा एक युवती बलात्कृत ।।

अराज सिहं बेल्बासे चन्द्रौटा
कपिलबस्तु असोज १८
         कपिलवस्तुको शिवराज नगरपालिका १० लालपुरमा एक युवती माथी बलात्कार भएको छ । छिमेकीको नलकामा हात मुख धुन जाँदा गाउकै ब्यक्तिबाट बलात्कृत भएकी हुन ।

राती करिब ९ बजेकोे समयमा २० वर्षे युवतीलाई मुख छोपेर घर पछाडि खेतमा लगेर बलात्कार गरेको पिडित युवतीले बताएकी छिन ।
मुख धुन बाहिर निस्किएको समयमा स्थानिय जयफ उल्ला गद्दीले मुख छोपेर लगेको र रहेमान गद्दीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय चन्द्रौटामा दर्ता गरेको किटानी जाहेरीमा उल्लेख गरिएको छ ।

अभियुक्त दुबै जना फरार रहेकोले खोजी कार्यलाई तिब्र पारिएको इलाका प्रहरी कार्यालय चन्द्रौटाका निमित्त प्रहरी निरक्षक ग्यानेन्द्र सिंह चौधरीले बताउनु भएको छ ।

No comments:

Post a Comment