Friday, October 2, 2020

प्रदेश ५ को राजधानी दाङको भालुवाङलगायत क्षेत्रलाई समेटेर राप्ती किनारमा राख्ने निर्णय

१६ असोज । 

   प्रदेश ५ सरकारले आफ्नो स्थायी राजधानी दाङको भालुवाङलगायतको क्षेत्रलाई समेटेर राप्ती किनारमा राख्ने निर्णय गरेपछि प्रतिपक्षी कांग्रेसले शुक्रबारदेखि आन्दोलन नै घोषणा गरेको छ । नेकपा सरकारको हठात निर्णय र प्रतिपक्षीको विरोधले प्रश्न जन्माएको छ– प्रदेश ५ को राजधानी बुटवलमै राख्नु उचित छ कि दाङमा ?


प्रदेश ५ को राजधानी बुटवलमा राख्ने कि दाङमा भन्ने विवाद केही वर्ष अघिदेखि नै चल्दै आएको हो । अहिले नेकपा सरकारले दाङमा राजधानी राख्ने निर्णय गरेपछि यो विवाद पुनः सतहमा आएको छ र कांग्रेसका कार्यकर्ताले बुटवलमा सडक तताउन थालेका छन् ।

जहाँ राखे पनि विरोध यो पनि पढ्नुस्

कतिपय राजनीतिक मुद्दाहरु यस्ता हुन्छन् कि जस्तो निर्णय लिँदा पनि विरोध हुन्छ । प्रदेश ५ को स्थायी राजधानीको विषय पनि यस्तै हो । स्थायी राजधानी बुटवलमा राखेको भए दाङमा आन्दोलन हुन्थ्यो, अहिले दाङमा राख्ने निर्णय गर्दा बुटवल आन्दोलित भएको छ । सम्भवतः यो स्थानीयतावादको लक्षण हो ।

प्रदेशको राजधानी बुटवलमै राख्नु उपयुक्त हुन्थ्यो या दाङमा ? यसको जवाफ खोज्नका लागि स्थानीयतावादबाट माथि उक्लेर स्वतन्त्र विश्लेषण गर्नुपर्ने हुन्छ । यसरी हेरियो भनेमात्रै सही निश्कर्षमा पुग्न सकिन्छ ।

प्रदेश ५ मा १२ जिल्ला छन् । ती जिल्लाहरुमा नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, दाङ, प्युठान, रोल्पा, रुकुम(पूर्व) बाँके र बर्दिया पर्छन् ।

करिब ४९ लाख जनसंख्या रहेको यस प्रदेशको क्षेत्रफल लगभग २२ हजार २७७ वर्ग किमी छ । नक्सामा हेर्दाखेरि दाङको भालुवाङस्थित राप्ती उपत्यकामा तोकिएको राजधानी सबै जिल्लालाई पायक पर्ने गरी प्रदेशको मध्यभागमा पर्छ ।

हेर्नुहोस् नक्साः

नक्साको हिसाबले मात्र होइन, आवत–जावतको हिसाबले पनि बुटवलमा राजधानी राख्दा बाँके, बर्दिया, रुकुम, रोल्पा र प्युठानका जनतालाई राजधानीसम्म आउन टाढा पर्छ । तर, भालुवाङ उनीहरुका लागि बुटवलभन्दा नजिक पर्छ ।

अझ, दाङको पनि सदरमुकामतिर नभई अर्घाखाँची, कपिलवस्तु र प्युठानको सीमाक्षेत्रमा पर्ने भालुवाङ क्षेत्रमा राजधानी तोक्दा पश्चिमी जिल्लाका जनतालाई पायक पर्ने देखिन्छ ।

भालुवाङको तुलनामा बुटवलमा राजधानी बनाउँदा पश्चिमी जिल्लाका जनतालाई निकै नै टाढा पर्न जाने देखिन्छ ।

तर, बुटवल नै स्थायी राजधानी हुनुपर्छ भन्ने नेताहरुको तर्कचाहिँ भैरहवा अन्तरराष्ट्रिय विमानस्थल र काठमाडौं आवागमनको सहजतालाई हेरिनुपर्ने रहेको छ ।

रुपन्देहीमै घर भएका कांग्रेस नेता बालकृष्ण खाँड भौतिक पूर्वाधार, केन्द्रीय राजधानी काठमाडौं आवागमनमा सहजता, निर्माणाधीन भैहरवा अन्तरराष्ट्रिय विमानस्थल र सुरक्षाको कोणबाट बुटवल नै स्थायी राजधानीका लागि उपयुक्त हुने तर्क गर्छन् ।

No comments:

Post a Comment