Monday, December 17, 2018

देउसी भैलोको रकमले विद्यार्थीलाई न्यानो कपडा र सडकमा बत्ती जडान ।।


                                                                                     २०७५ मंसिर २९, शनिबार
सनिउल्ला धोबी,कपिलवस्तु ।
            कपिलवस्तुका क्लव तथा समुहले देउसी भैलोको रकमबाट वनभोज, भ्रमण जस्ता रमाईला कार्यक्रम गरिरहेको बेला कपिलवस्तुको एक क्लव भने विद्यार्थीहरुलाई न्यानो कपडा हस्तान्तरण र सडकमा बत्ती जडान गरेको छ । शिवराज नगरपालिकामा रहेको
माछापुच्छ्रे युवा कल्बले आधारभुत विद्यालय मदवाका जेहेन्दार, गरिव, विपन्न परिवारका असहाय विद्यार्थीहरुलाई कपडा र मदवा गाउमा रहेको सडक पोलमा बत्ती जगान गरेको हो । क्लवले एक कार्यक्रम गरी विद्यालयका जना विद्यार्थीलाई न्यानो कपडा ५६ जना विद्यार्थीलाई वितरण गरेको हो । भने २८ वटा पोलमा बत्ती जडान गरेको हो ।
मदवा विद्यालयका विद्यार्थीहरुलाई सामाग्री हस्तान्तरण गर्दै पुर्व प्राधानाध्यपक शंकर मल्लले क्लवले गरेको कामको प्रशंसा गर्दै आफुहरुले गर्न नसकेको काम क्लवले गरेको बताए । विपन्न परिवारका विद्यार्थीहरुलाई जाडोको समयमा स्वीटर वितरण गरी शिक्षा ग्रहणमा बाटो खुल्ला गरिदिएको बताए ।
त्यस्तै प्राधानाध्यपक सिता पुनले यस प्रकारको कार्यक्रम पहिलो भएको भन्दै चेतना जगाउने कार्यमा अझ क्रियाशिल हुन आग्रह गर्नु भयो । ्
क्लवले तिहारमा देउसीबाट संकलन गरेको रकम बालबालिकाको शिक्षा ग्रहणमा सहज होस् भन्ने हेतुले न्यानो लुगा र पोल बत्ती जडान गरेको क्लवका अध्यक्ष विक्रम सुनाले बताउनु भयो । विक्रमले क्लवले आगामी दिनमा पनि थप सामाजिक कार्य गर्दै अघि बढ्ने बताए ।

No comments:

Post a Comment