Wednesday, December 19, 2018

दुगड ग्रुपले खाद्य विभागको निर्देशनलाई समेत लत्याउदै गुणस्तहिन आक्वा हन्ड्रेड पानी बिक्री

दुगड ग्रुपले खाद्य विभागको निर्देशनलाई समेत लत्याउदै गुणस्तहिन आक्वा हन्ड्रेड पानी बिक्री
रोशन कार्की
काठमाडौं ।
       
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल, काठमाडौं र उद्योग, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी परेको थियो । पत्रनै पठाएर सात दिनभित्र बजारमा बिक्रीवितरणकालागि पठाएका सबै पानी फिर्ता ल्याई सत्यतथ्य विवरणसहित उपस्थित हुन पत्राचार गरिए पनि उक्त पत्रको बेवास्ता गरी गुणस्तरहीन पानी बिक्रीवितरण ग्रुपलेजारी राखेको हो ।
आर्थिक दैनिकमा गत मसिर १९ गते दुगड ग्रुपको आक्वा हन्ड्रेड मिनरलवाटरमा किरैकिरा भन्ने शीर्षकको समाचार प्रकाशित भएपछि विभागले आक्वा मिनिरल नेपाल प्राइभेट लिमिटेड एचसी दुगड ग्रुपको कम्पनीमा समेत अनुगमन गरेर के कसरी सो किरा परेको हो भन्नेबारे सत्यतथ्य विवरणसहित उपस्थित हुन निर्देशन दिएको जनाएको छ ।
सो ग्रुपले जमिनमुनिको पानीलाई तानेर सिलबन्दी बोटलमा प्याक गरी अत्यधिक महंगोमा बिक्री गर्र्दै आएको छ । एचसी दुगड ग्रुपद्वारा उत्पादन हुँदै आएको पानीमा साङ्ला र किराहरु भेटिएको थियो
। समूहले उत्पादन गरेको ‘के ०१८ ब्याच’ नम्बर रहेको पानीमा खुला आँखाले देखिनेगरी साङ्ला भेटिएको हो । सो कम्पनीले ‘१४–११–२०१८ मा १४ बजेर ४१ मिनेट’मा प्याक गरिएको बोटलमा साङला भेटिएपछि विभागबाट कारबाहीकालागि अनुसन्धान जारी रहेको जनाएको छ ।
सो समूहले ‘नेपालको आफ्नो, नेपालमा बनेको’ भन्दै आम उपभोक्ताहरुलाई झूटको व्यापार गर्दै आएको छ । प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मले प्रयोग गर्दैै आएको पानी पछिल्लोपटक गुणस्तरहीन भेटिएको हो । सो समूहका कर्मचारी चन्द्रमणि घिमिरेले भने सो बारे सम्पर्क गर्दा पत्रकारले प्रश्न गर्दैमा उत्तर दिनुपर्छ भन्ने छैन भन्दै गैरजिम्मेवार जवाफ दिएका थिए । यताउद्योग, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले कुनै पनि कम्पनीले उत्पादन गरेका र प्रत्यक्ष जनस्वास्थ्यसँग सरोकार राख्ने वस्तुमा कैफियत भेटिए, गुणस्तरहीन भए र नाङ्गो आँखाले हेर्दा अखाद्य वस्तु भेटिएमा त्यस्ता कम्पनीको उत्पादनमा रोक लगाई थप अनुसन्धान गरी प्रमाणित भएमा कारबाही हुने जानकारी दिएका छन् ।
उनले प्रमाणित भए खाद्य ऐन २०७५ को दफा १८ ‘ग’ मा उल्लिखित उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने वस्तु वा सेवा उत्पादन वा बिक्री गर्नेको कसुर दफा १८ विपरीत हुने गरी काम गरे वा गराए कारबाही हुने जनाए । त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलेपनि बोतलबन्द पानीमा खराबी भेटिएको प्रमाण भएपछि हदैसम्मको कारबाही हुने बताएको छ । बालाजु औद्योगिक क्षेत्रभित्र फ्याक्ट्री स्थापना गरेर ग्रुपले दैनिक हजारौँ बोतल तथा जारहरू उत्पादन गर्दैै आएको छ ।
 दुगड ग्रुपले सरकारी निकायबाट दिइएको निर्देशनबेवास्ता गरी गुणस्तरहीन वस्तुको बिक्री वितरण कार्य जारी राखेको छ । पछिल्लो समयउक्त समूहले उत्पादन गर्देै आएको आक्वा हन्ड्रेड नामको पिउने पानीको सिलप्याक बोटलभित्र किरा भेटिएपछि कारबाहीकालागि सरकारी निकायमा उजुरी परेको थियो ।


@
नव जनप्रहार (Nawa Janaprahar)

No comments:

Post a Comment