Sunday, January 20, 2019

कपिलवस्तुका स्थानिय तह कै १७ लाख बढि विद्युत महशुल बाकी !

आइतवार, माघ ६, २०७५
कपिलवस्तु ।
     
  कपिलवस्तुको नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रमा स्थानिय तहले समयमा नै महशुल  नबुझाउदाँ १७ लाख बढि विद्युत महशुल बक्यौता रहेको छ ।
वितरण केन्द्र अन्तरगत रहेका ५ वटा स्थानिय तहमा गरी १७ लाख ३९ हजार भन्दा बढी महशुल बक्यौता
रहेको वितरण केन्द्रका प्रमुख लक्ष्मीकेशर अगञ्जाले बताए । शिवराज नगरपालिका,कृष्णनगर नगरपालिका, बुद्धभुमी नगरपालिका ,महाराजगंज नगरपालिका र विजयनगर गाउँपालिका अन्तगर्त रहेका विभिन्न कार्यालयहरुको समयमा महशुल नबुझाउदाँ रकम बाकी रहेको अगञ्जाले बताए ।
वितरण केन्द्र अन्तर्गत रहेका पाँच स्थानिय तह मध्ये सबै भन्दा बढी बाकी महशुल विजयनगर गाउँपालिकाको रहेको छ भने कम बाकी महुशल शिवराज नगरपालिकाको रहेको छ । विजयनगर गाउँपालिकामा रहेका विभिन्न कार्यालयहरुको कुल ८ लाख २ हजार १ सय ५८ रुपैया बाकी रहेको छ जस मध्ये साविक गणेशपुर गाविसको ६ हजार २ सय ६८,खुरुहुरिया गाविसको ४८ हजार ५ सय ६९, स्वास्थ्य चौकी पत्थदेइयाको २१ हजार २ सय ५७ र पशु सेवा केन्द्र गणेशपुरको ७ लाख २६ हजार ६४ रकम बक्यौता रहेको विद्युत वितरण केन्द्र कृष्णनगरले जनाएको छ ।
वितरण केन्द्र रहेकै नगरपालिका कृष्णनगर नगरपालिका भने महशुल नतिर्नेको सूचिमा दोस्रो नम्वरमा परेको छ । हाल नगरको मातहतमा रहेको साविक कृष्णनगर गाविसको ९६ हजार ४ सय ५३, भिल्मी गाविस २९ हजार ६सय ४१ ,पुरुषोत्तमपुर गाविस ४ हजार १ सय ७६,विद्यानगर गाविस ३७ हजार ९ सय ६५, अजिगरा गाविस १ हजार १ सय ५५,सिर्सिहवा गाविस २ लाख ६३ हजार ९ सय ८२ , स्वास्थ्य चौकी पुरुषोत्तमपुर ५ हजार ५ सय ५४ ,कुशहवा स्वास्थ्य चौकी २४ हजार ८ सय ४९ ,जिल्ला उपस्वास्थ्य चौकी वहादुरगज ७७ हजार ४ सय ८६ गरी कुल जम्मा ५ लाख ४१ हजार २ सय ६३ रकम नगरपालिकाले बुझाएको छैन ।
बुद्धभूमि नगरपालिका पनि महशुल नबुझाउनेको सूचिमा रहेको छ । यस नगरपालिका मातहत रहेका संस्थाबाट १ लाख ९६ हजार ५ सय २ रुपैया बक्यौता रहेको छ । जसमा साविक बुडडी गाविसको ३४ हजार २ सय ५१, बरकलपुर गाविसको २ हजार ४ सय ९२ धनकौली गाविसको ३६ हजार ८ सय ७३, वुद्धभुमी नगरपालिकाको कार्यालयको ३४ हजार १ सय ९५, राजपुर हेल्थ पोष्टको १ हजार ६ सय १२, दुविया उपस्वास्थ्य चौकीको २ हजार ३ सय ८२, महुवा स्वास्थ्य चौकीको ६ हजार ८ सय ९०,कृषि सेवा केन्द्र वुडडी को ४९ हजार ८ सय ३५,कृषि तथा पशु सेवा केन्द्र हनुमानचोक २७ हजार ९ सय ६८ रकम बक्यौता रहेको छ ।
महाराजगंज नगरपालिकाको पनि १ लाख ५९ हजार ७ सय ९६ रकम बाँकी बक्यौता रहेको छ । जसमा साविक महाराजगंज गाविसको ५९ हजार ५ सय ८७, कुशहवा गाविसको ४८ हजार ८ सय ३०, कजरहवा गाविसको ८ हजार ८ सय, हरदैना स्वास्थ्य चौकीको ३९ हजार १ सय ५२, बुटहनिया उपस्वास्थ्य चौकी ३ हजार ४ सय ३६ रकम महशुल वाकी रहेको छ ।
शिवराज नगरपालिकाको भने अन्य स्थानिय तह भन्दा बक्यौता रकम कम रहेको छ । शिवराज नगरपालिका अन्तरर्गत साविक गाविस जवाभारीको १२ हजार ६ सय ३२ र उपस्वास्थ्य चौकी गौराभारीमा २७ हजार २ सय १५ गरी जम्मा ३९ हजार ८ सय ४८ बक्यौता केन्द्रले जनाएको छ ।
अन्य प्राइभेट संघ संस्था,कार्यालयले नियमित महशुल बुझाएको भए पनि स्थानिय तहले भने बाकी रहेको रकम बुझाउन अटेरी गरेको नेपाल विद्युत प्रविधिकरण कृष्णनगर वितरण केन्द्रले जनाएको छ । सरकारी कार्यलायहरुले विद्युत महशुल तिर्न लापरवाही गरेको केन्द्रका प्रमुख अगञ्जाले बताए । बाकी रहेको बक्यौता रकम बुझाउन स्थानिय तह अन्तरगतका कार्यालयहरुमा यहि माघ २ गते पत्राचार गरि सकेको उनले बताए ।
पुरानो बाकी सहित २०७५ पौष सम्मको बक्यौता रकमको विवरण स्थानिय तहलाई पठाइएको केन्द्रका प्रमुख लक्ष्मीकेशर अगंञ्जाको भनाई छ । “माघ १५ गते भित्र महशुल नवुझाए नियम अनुसार लाइन काटने छौं, हामीले पत्रमा पनि उल्लेख गरेका छौ” उनले भने ।
लामो समय सम्म महशुल नबुझाउने विद्युत लाइन काट्ने गरिएको भए पनि सरकारी कार्यालयमा सेवाग्रहीहरुलाई समस्या पर्ने हुदाँ अहिले सम्म विद्युत अवरुद्ध नगराएको केन्द्रले जनाएको छ । स्थानिय तह मातहतका कार्यालयहरुमा विद्युत्त अबरुद्ध गर्दा माथीबाटै दबाव आउने गरेको कार्यालयले जनाएको छ ।
बाकी बक्यौता महशुल तिर्न रहेको बारेमा आफु अनभिज्ञ रहेको स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृतहरुले बताएका छन । साविका कार्यालयले महशुल बुझाए बुझाएनन भन्ने आफुलाई जानकारी नभएको भन्दै साविकका कार्यालयले लापरवाही गरेको आरोप लगाए ।
नगरमा छैन बजेट
नयाँ बाकी बक्यौता नरहेको जिकीर गर्दै पुरानो बाकी के कति छ भन्ने जानकारी नभएको विजनयगर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र चौधरीले बताए । त्यस्तै महाराजगंज नगरपालिकाका प्रमुख प्रशासकयि अधिकृत डोलराज ढकालले पनि साविकका कार्यालयले राखेको बाकी महशुल हाल बुझाउन नसक्ने बताए । बाकी रकम बुझाउनका लागि नगरमा बजेट नभएको समेत उनले उल्लेख गरे ।“आन्तरिक स्रोतबाट आउने रकमको पनि खर्च योजना बनि सकेको छ अन्य स्रोत छैन” दकालले भने । कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शत कुमार पोख्रेलले बक्यौता रहेको छ भन्ने पहिलो पटक जानकारी पाएको बताए । नगरका मातहतमा रहेको कार्यालयहरुको बक्यौता रकम नगर कार्यपालिका वाट पारित गरेर भुक्तानी गरिने उनले जनाए ।
पटक-पटक बाकी रहेको रकमको विवरण ल्याउन आग्रह गरे पनि वितरण केन्द्र बिल नदिएको भन्दै बुद्धभूमि नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यले विद्युत प्राधिकारण कै दोष देखाए । नगर सभा बाटै बाकी महशुल तिर्न भनि बजेट विनियोजन गरेकोले रकम भुक्तानीको लागी कुनै समस्या नरहेको बताए । शिवराज नगरपालिकाले भने बाकी रहेको बक्यौता रकम एक हप्ता भित्र भुक्तानी गर्ने जनाएको छ । साविकका गाविसहरुको लापरवार्हीले गर्दा महशुल बाकी रहेको बताउदै भुक्तानीको लागी लेखा शाखालाई जानकारी गराएको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताए ।

No comments:

Post a Comment