Sunday, January 20, 2019

कपिलवस्तुको शिवगढी किल्लाको संस्कृती पुरातत्वीक महत्वको इतिहास खोजिदै


६ माघ २०७५, आईतबार
कपिलवस्तु ।
 
             कपिलवस्तुको पश्चिम क्षेत्र घानखोला संग जोडिएको पहाडको टुप्पोमा अवस्थित शिवगढी मन्दिर संगै शिवगढी किल्ला रहेको प्रारम्भिक अध्ययन टोलीले केही एतिहासिक वस्तु फेला पारेको छ ।
                     समुद्व सतह देखी ९५४ मिटर अग्लो पहाडमा अवस्थित शिवगढी मन्दिर पन्चायत काल भन्दा पहिला शिवलिङ्ग भेटिए पछि त्यसवेलाका साविक शिवगढी गा।वि।सा।का स्थनिय वासिन्दाहरुको पहलमा शिवगढी पर्यटन विकाश संस्था गठन संरक्षण गदै आएका छन ।

लामो समय देखि यस क्षेत्रका बासिन्दा र दाङ्ग,प्युठान,रोल्पा,अर्घाखाची र भारतको गोरखपुर,बलरमवापुरका लाखौ भक्तजनले साउन, फागुण महिनामा शिवगढी मन्दिरको दर्शन गर्न आउने गरेको शिवगढी पर्यटन विकाश संस्थाका अध्यक्ष माल बहादुर घर्तीले बताए । अहिले शिवगढी किल्ला तथा मन्दिरलाई संस्थाका उपाध्यक्ष सुर्य बहादुर पल्लीले रेखदेख गर्दै आएका छन ।

शिवगढी किल्लामा प्रयोग गरिएका ढुङ्गाहरुलाई मन्दिर परिसर निर्माणमा प्रयोग गरिएकोले किल्लाको धैरे संरचना नष्ट भएको मन्दिर रेखदेख गर्दै आएका समितिका उपाध्यक्ष सुर्य बहादुर पल्लीले बताए ।

मन्दिरको पश्चिम भागमा रहेको किल्लाको ढुङ्गा प्रयोग गरि थप निमार्ण कार्य गर्दै गर्दा कपिलवस्तु जिल्लाका तत्कालिन एल।डि।ओ र सि।डि।यो।सहितको टोली मन्दिरमा दर्शन गर्न आउदा प्रयोग गरि रहेको किल्लाको ढुङ्गा प्रयोग नगर्न आग्रह गदैै किल्लाको महत्व पनि ठुलो रहेको अवगत गराए थिए । अहिले मन्दिरको पश्चिम पट्टि किल्लाको बाँकी संरचना सानो भागमा बचाउना सकिएको अध्यक्ष माल बहादुर घर्तीले बताए ।
यस क्षेत्र वाट प्रदेश न ५ तिन ९क० का सासंद अर्जुन कुमार के।सी।ले मन्दिर क्षेत्र भित्र किल्ला रहेको विषय पटक,पटक उठान गर्दै आएका थिए । उनको पहलमा एक महिना अगाडी सोनवागढ मन्दिर उत्खन्न् गर्दा मौर्य कालिन ईट्ट,शिवको वाहन नन्दी, पुराना माटोको भाडाहरु फेला परेको थियो । पूरातत्व विभाग कीर्तिपुरका प्रमुख प्रो।डा। मदन रिमाल, लुम्बिनी विकाश कोषका पूरात्तव विभागका अधिकृत हिमाल उपे्रती सहित शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी व्यपार संघका अध्यक्ष महादेव पोख्ररेल, उद्योग वायिाज्य संघ चन्द्रौटाका वरिष्ट उपाध्यक्ष इश्वरी पाण्डे र पत्रकार सहितको टिमले पहिलो चरणको अनुगमन तथा अवलोकनमा सहभागिता जनाएका थिए ।
           नेपालको पश्चिमी भेग,तिब्बतको पश्चिमी भेग तथा भारतको उत्तरा खण्डको पुर्वी भेगमा सिञ्जा राजधानी भएको मध्यकालिन मल्ल खस राज्य थियो । त्यसको भाषा खस,संस्कृत र धर्म हिन्दु, बौद्ध रहेको इतिहासमा उल्लेख छ । त्यस समयका राजा रिपु मल्ल बुद्ध धर्मलम्वी भएकाले भगवान बुद्धको जन्म स्थल लुम्वनी आएको प्रमाण लुम्बनीमा रहेको असोक स्तम्बमा ९रिपु मल्ल चिरंजयतु १२३४ लेखिएको छ ०  जस वाट स्पष्ट हुन्छ की राजा रिपु मल्ल ई।स १३१२ मा गमा सिञ्जा—सुरखेत—शिवगढी —तिलौराकोट हुदै लुम्बनी गएको अनुमान गर्न सकिन्छ ।

भाषा,धर्म शासन प्रणली मिल्ने भएकोले त्यो समयमा यो मार्ग प्रयोग भएको पहिलो चरणको अध्ययनले देखाएको र थप अध्ययन पछि यसको पुष्टि गर्न सकिने डा। रिमालले जनाए । उचित संरक्षण र प्रयाप्त जानकारी नहुदा किल्ला भएको स्थानको वरिपरि गुप्त कालिन इट्टा हरुको टुव्रmहरु समेत यता—त्रत छरिएर रहेको छ ।

किल्लाको पश्चिम भागमा इट्टाको भट्टी डढेका माटाका भाडा टुक्रा  यतातत्र रहेको हुनाले सो क्षेत्र नजिक तामा वा फलामकाको खानी ९धाउ० रहेको हुन सक्ने र सो खानी वाट निकालीएका धाउ लाई गलाउन भट्टीको रुपमा प्रयोग गरिएको हुन सक्ने डा। रिमालले अनुमान गरे । किल्लाको पुर्वी भाग हालको शिवगढी गाँउको छेउमा एतिहासिक २।४ मिटर लम्बाई,चौडाई भएको रानी कुवाँ समेत रहेको र वि।स २०७२ सालको विनासकारी भुकम्प आउनु भन्दा पहिले सम्म गाँउलेहरुले कुवाँको पानीको प्रयोग गर्दै आएको कुरा २०१८ साल देखि त्यस क्षेत्रमा बसोबास गर्दै आएका स्थानिय पल्लीले बताए ।

ई।स १८१४ मा बुढवल र स्युराज ९हाल कृष्णानगर नगरपालिका बहादुरगंज० क्षेत्रलाई लिएर अंग्रेज संग भएको तनाव पुर्ण स्थितीको समय जितगढी किल्ला र स्युराज क्षेत्र अन्र्तगतका मौजाहरुको विषयमा अंग्रेज बिच युद्धको घोषण भएको थियो ।

शिवगढी किल्लामा ९हाल शिवराज नगरपालिका शिवगढी० सेनाले लडाईमा प्रयोग गरेका तौप भेटिएको थियो । तौपलाई नेपाली सेनाले लगेको मन्दिर रेखदेख गर्दै आएका पल्लीले बताए ।

No comments:

Post a Comment