Wednesday, February 27, 2019

शिवगढीकोे प्रचार प्रसारका लागि महाशिवरात्री मेला ।।

शिवगढीकोे प्रचार प्रसारका लागि महाशिवरात्री मेला ।।
२०७५ फागुन १५, बुधबार
  
       शिवगढी मन्दिर क्षेत्रको पुरातत्व विभागले समेत अनुसन्धान गरिसकेको छ । लुम्बिनी विकास कोष पुरातत्व विभागले मन्दिर संगै ऐतिहासिक गढी तथा किल्ला समेत रहेको अनुसन्धानबाट खुल्न आएको छ । प्रारम्भिक अनुसन्धानले किल्ला अवस्थित क्षेत्र तत्कालिन बौद्ध धर्मालम्बि दैलेखी राजा रिपु मल्लको पालामा बुद्ध जन्मस्थल लुम्बिनी आवतजावत गर्ने मार्ग समेत रहेकोले बौद्ध सर्किटको समेत सम्भावना रहेको वडा सचिव तथा प्रचार प्रसार उप समिति संयोजक प्रेमसागर वलीले बताए ।
तिन दिन सम्म संचालन हुने कार्यक्रममा
राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने साँस्कृतिक संयोजक विक्रम के.सी.ले बताए । कार्यक्रममा राष्ट्रिय चर्चित कलाकारहरु सम्झना लामिछाने,राम चन्द्र चन्द, सन्दिप न्यौपाने, श्रीनिवास चौधरी, सुमन चौधरी, दिपक भण्डारी, शिव खनाल, बर्षा लम्साल, मिसन भुसाल, मोडल तथा कोरियोग्राफर सुमन पौडेल, मोडल श्रृजन पोखरेल लगायतका कलाकारहरुको प्रस्तुती रहने के.सी.ले जनाए । साथै छमछमी कलाकेन्द्र र स्थानिय क्लबहरुको पनि प्रस्तुती रहने उनले बताए । शिवगढीको प्रचार संगै शिवगढी पर्यटकीय करिडोर निर्माणमा कार्यक्रमले टेवा पुग्ने आयोजकले विश्वास लिएको छ ।
समुद्र सहतबाट ९५४ मिटर उचाइमा रहेको शिवगढी मन्दिरमा परापूर्वकाल देखि नै महाशिवरात्री पर्वका दिन विशेष पुजाआजा हुने गरेको छ । सोही दिन कपिलवस्तु, रुपन्देही, दाङ्ग,नवलपरासी,प्यूठान जिल्ला र छिमेकी भारतको उत्तर प्रदेश,विहार लगायतबाट हजारौको संख्यामा दर्शन गर्न आउने गर्दछन । विविध ऐतिहासिक क्षेत्र शिवगढी धार्मिक दृष्टिले मात्रै नभइ पर्यटकीय दृष्टिले पनि निकै महत्वपूर्ण क्षेत्र रहेको वडा नं. ९ शिवगढीका वडा अध्यक्ष चुर बहादुर खड्का जिवनले बताए । प्रचार प्रसारको अभावमा अझै पनि ओझेलमा नै रहेको मन्दिरको प्रचारका लागी कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
जिल्लाको शिवराज नगरपालिका वाड नं. ९ शिवगढीको चुचुरोमा अवस्थित शिवगढी मन्दिरमा महाशिवरात्रीको अवसरमा नेपाल र भारतका विभिन्न क्षेत्रका हज्जारौ हिन्दु श्रद्धालु भक्तजनहरु शिवलिङ्गको पुजा आरधाना गर्न आउने भएकाले सोही अवसरमा कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रम मुल आयोजक समितिका संयोजक माल बहादुर घर्तिमगरले जानकारी दिए । बृहत साँस्कृतिक कार्यक्रम फागुन १८, १९ र २० गते सम्म हुने उनले बताए ।
कपिलवस्तुको धरोहर ऐतिहासिक शिवगढी मन्दिरको प्रचार प्रसार प्रर्वद्धन गर्ने उद्देश्यका साथ महाशिवरात्री मेला विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । हिन्दुहरुको महान पर्व शिवरात्रीको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको आयोजक शिवगढी पर्यटन विकास संस्थाले जनाएको छ । शिवगढी मन्दिरको मुख्य प्रवेश द्धार शिवगढीको फेदी रमुवादहमा कार्यक्रम हुने आयोजकले जनाएको छ ।

No comments:

Post a Comment