Sunday, February 16, 2014

कपिलवस्तु प्रहरीद्वारा १५ किलो चरेश बरामद

कपिलवस्तु प्रहरीद्वारा १५ किलो चरेश बरामद
  कृष्ण गैरे, १५ माघ
  चन्द्रौटा कपिलवस्तु
     नेपालबाट भारततर्फ लैजाँदै गरेको १५ किलो लागू औषध चरेश कपिलवस्तु प्रहरीले बुधबार बरामद गरेको छ ।

      विशेष सुराकीका आधारमा कपिलवस्तुको कुशहवा बढनी ५, सतबरा नाका हुँदै भारततर्फ लैजाने क्रममा प्रहरीले सो परिमाणको लागू औषध बरामद गरेको हो । बोराभित्र चिउरा भरेर भित्र अर्को बोरामा चरेश लुकाएर साइकलमा लोड गरी लैजाँदै गर्दा कुशहवा बढनी प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले चरेश बरामद गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।
  प्रहरीको चाल पाएपछि लागू औषध कारोबारमा संलग्न अभियुक्त साइकल छाडी भागेको प्रहरी निरीक्षक मल्लले बताए । बरामद गरिएको लागू औषध चरेश आवश्यक कारवाहीका लागि अहिले कृष्णनगर प्रहरी कार्यालयमा राखिएको मल्लको भनाई छ । घटनामा संलग्न अभियुक्तको खोजीकार्यका लागि अनुसन्धान प्रक्रिया अघि बढाइएको मल्लले जानकारी दिए ।


No comments:

Post a Comment