लगातारको वर्षाले किसानलाई फाइदा
फागुन ४
लगातारको झरीले किसानलाई फाइदा पुगेको छ । कृषि विज्ञहरुका अनुसार यो बेलाको वर्षाले गहुँ, जौ, आलुलगायतका हिउँदे बाली उत्पादनमा सघाउ पुग्छ ।
यस्तै मकै र वर्षे तरकारी लगाउने खेतबारी खनजोतको लागि पनि वर्षाले सहयोग गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद नार्कका वरिष्ठ बैज्ञानिक विष्णुहरि अधिकारीका अनुसार अब मकै लगाउनको लागि खेतबारीको तयारी गर्ने बेला भएको छ । अहिलेको वर्षाले उच्च पहाडी र मध्य पहाडी भेगमा लगाइने बालीमा धेरै फाइदा पुगेको कृषिविज्ञ ढुण्डीराज शर्माले बताउनुभयो । गहुँमा दाना लाग्नुअघि पानी परेकाले उत्पादन दोब्बरले बढ्ने उहाँले बताउनुभयो

No comments:
Post a Comment