Saturday, June 28, 2014

आज असार १५, धान दिवस मनाइँदै



आज असार १५, धान दिवस मनाइँदै

असार १५ – आज असार १५ गते, ११ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।‘धान खेतीमा आधुनिकीकरण, खाद्यान्न आयातमा न्यूनीकरण’  भन्ने नाराका

साथ सरकारी तथा गैरसरकारी संघसंस्थाको पहलमा विभिन्न कार्यक्रम हुँदैछन् ।

नेपाल कृषि अनुसन्धान परिषद ९नार्क०को आयोजनामा आइतबार विहान खुमलटारमा धान दिवस विशेष कार्यक्रम हुँदैछ । त्यसैगरी कृषि बिभागले ललितपुरको लेलेमा र देशभरिका जिल्ला कृषि कार्यालयले जिल्ला जिल्लामा धान दिवसको कार्यक्रम गर्दैछन् ।

धान दिवस तथा रोपाईं महोत्सव मनाइरहँदा किसानले भने यसवर्ष समयमै रोपाईं गर्न पाएका छैनन् । मनसुन सक्रिय हुन नसक्दा रोपाईं गर्न पुग्ने गरी वर्षा भएको छैन । त्यसैले सिंचाई सुविधा भएका ठाउँमा मात्र रोपाईं भएको छ । यसवर्ष अहिलेसम्म करिब ९ प्रतिशत रोपाईं भएको कृषि मन्त्रालयले जनाएको छ । आकाशे पानीको भर पर्नुपर्ने किसानलाई असार १५ खल्लो भएको छ ।

पोहोर यो बेलासम्ममा झण्डै १५ प्रतिशत क्षेत्रमा रोपाईं भैसकेको थियो । आजको दिन धान रोपाईं गर्दै दही च्यूरा खाएर असार १५ मनाउने चलन छ । दही च्यूराले शरीरमा उर्जा दिने भएकाले धान रोपार्इंसंगै दहीच्यूरा खाने गरिएको हो । १५ असारलाई मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा लिने गरिन्छ ।

No comments:

Post a Comment