Tuesday, July 1, 2014

कपिलवस्तुको इमिलिया बजारमा सोमबार मानवबेचविखनविरुद्धसडकनाटकप्रदर्शन

१७ असार
कपिलवस्तुको इमिलिया बजारमा सोमबार मानवबेचविखनविरुद्धसडकनाटकप्रदर्शन
गरिएकोछ ।
के.आई.नेपाल कृष्णनगरको आयोजनामा चेली समूह टिक्करद्वारा मञ्चन गरिएको
“दोषी को ?” नामक सडक नाटक प्रदर्शन गरिएको हो । गाउँघरका सोझासाझा
चेलीहरु गरीबी र अशिक्षाका कारण दलालको प्रलोभनमा परी बेचिनुपरेको
कथावस्तुमा आधारित नाटकमा चेली समूहका अध्यक्ष मीना चौधरीको नेतृत्वमा १२
जनाको टोलीले नाटक मञ्चन गरी प्रदर्शन गरिएको केआई नेपाल कृष्णनगरका
संयोजक विनोदकुमार खातीले बताउनुभयो ।

नाटककोमाध्यमबाटमानवबेचविखन,
चेलीबेटी ओसारपसारका घटनामा कमी ल्याउन सडक नाटकलाई अभियानको रुपमा
अगाडि बढाइएको संयोजक खातीको भनाइ् छ ।


    कार्यक्रममा केआई नेपालका केन्द्रिय उपाध्यक्ष सिन्धु ढकाल, केन्द्रिय कार्यक्रम
निर्देशक बुद्धिकुमार श्रेष्ठ, क्षेत्रीय कार्यक्रम संयोजक युवराज वि.क., इलाका
प्रहरी कार्यालय गोरुसिंगेका सहायक प्रहरी निरीक्षक विश्व सुवेदी, केआई
नेपालका कृष्णनगर संयोजक विनोद खाती लगायतको उपस्थिति रहेको थियो ।


नाटक अवलोकनपछि दर्शकहरुले सडक नाटक हाम्रै गाउँसमाजमा घट्ने घटनामा
आधारित भएकाले अभियानलाई सफल बनाउन जनचेतना फैलाउने प्रतिवद्धता जाहेर
गरेका थिए ।

 यस्तै आयोजक पक्षले नाटक प्रत्यक्ष घटनामा आधारित भएकाले
नाटकपश्चात गाउँसमाजमा हुने गरेका मानव बेचविखनका घटनामा कमी ल्याउन थप
सहयोग गर्ने विश्वास रहेको जनाएको छ । महेन्द्रकोट–५, टिक्करका चेली
समूहका किशोर किशोरीहरु गाउँसमुदायमा हुने मानव बेचविखनका घटना
दिनानुदिन बढ्दै जान थालेपछि सडक नाटक मार्फत जनचेतना जगाउन अभियानमा
जुटेका हुन् ।


No comments:

Post a Comment