चिन्ता परियार ,
चन्द्रौटा(कपिलवस्तु)
जिल्लाको पश्चिमी क्षेत्रमा पछिल्ला केहि श्रृखलाबद्ध घटनाका कारण उक्त क्षेत्र असुरक्षित बन्दै गएको प्रति स्थानियले चिन्ता ब्यक्त गरेका छन ।
एक महिना अघि कृष्णनगरका डन कौशल खाँ माथी गोली प्रहार गरी हत्या हुनु, चन्द्रौटाको विच बजारको एक होटलबाट ईटालियन पेस्तोल सहित ब्यक्ति पक्राउ पर्नु र केहि दिन अघि कृष्णनगरका कपडा ब्यापारी श्याम सुन्दर मित्तल चन्द्रौटाबाट बेपता हुनले पश्चिमी क्षेत्र असुरक्षित बन्दै गएको प्रति गंभीर हुदै स्थानियले चिन्ता ब्यक्त गरेका हुन ।
जिल्लाको उक्त क्षेत्रमा विगत २ महिनाको अवधिमा उल्लेखित तिन घटना घटेका कारण पश्चिमी क्षेत्रको सुरक्षा स्थिती कमजोर रहेको स्थानियको भनाई छ । स्थानिय शान्ति सुरक्षा र अपराधिक गतिविध नियन्त्रणका लागी बजारको विच चोकमा प्रहरीले ३ थान सिसि क्यामेरा लगाएको छ । जस्बाट उक्त चोकमा हुने सबैखाले घटनाको दृश्य प्रहरी कार्यालयमा अभिलेखको रुपमा रहने गर्छ । चौविसै घण्टा विच चोकमा हुने गतिविधी कैद गर्ने सिसि क्यामेराले साउन महिनाको अन्तिम बुधबार त्यहि चोकबाट अज्ञात बनेका मित्तलको भने कुनै पनि गतिविधी कैद गर्न नसकेको स्थानिय एक ब्यापारीले बताउनुभयो । “प्रहरी कार्यालयमा गई मित्तल हिडेको सम्भावित समयको भिडीयो रेकर्ड पनि हेर्यो तर केहि पत्ता लागेन । विच चोकमा भएको क्यामेरा मात्र होईन प्रहरी कार्यालयको नजिकै चेक पोष्टमा राखिएको क्यामेरामा पनि मित्तल चडेको गाडीको दृश्य देखिएन” उहाले भन्नुभयो ।
प्रहरीले हतियार सहित पक्राउ गरको ब्यक्ति र मित्तल अज्ञातहुनुमा केहि स्थानियले ब्यापारीहरुले केहि आशंका गरेका छन । उनिहरुका अनुसार दुबै घटना बुधबार घट्नु र मित्तल पनि बुधबार मात्र चन्द्रौटा आउनु विच केहि रहस्य भएको उनिहरुको बुझाई छ । कतिपयले भने हतियार पक्राउको विषयलाई मित्तल अज्ञात हुनु संग पनि जोडेर हेरेका छन भने कतिपय ब्यापारीहरुले मित्तल चर्को ब्याजमा पैसा लगानी गर्ने भएकाले पनि ऋणी मध्ये कसैले अज्ञात बनाएको हुन सक्ने शंका गरीरहेका छन । मित्तल आफु मारवाडी भएर पनि मारवाडी समाज मित्तल काण्डमा मौन रहनुले मित्तलको खोजी कार्य प्रभावित भएको कतिपयको बुझाई छ । जे जसो भए पनि प्रहरी घटना प्रति खासै सक्रिय नबनेको मित्तल परिवारले आरोप लगाए र जिल्लाको पश्चिमी क्षेत्र असुरक्षित बन्दै गएकोमा चिन्ता ब्यक्त गरे ।
भारतिय सिमा नजिकका शहर,बजार तथा गाउँहरु त्यसै पनि अपराधिक गिरोहको सेल्टर प्वाईन्टका रुपमा प्रयोग हुने हुनाले उक्त क्षेत्रमा प्रहरी प्रशासन चनाखो हुनु पर्ने हुन्छ तर प्रहरी प्रशासन त्यसखालका विषयमा भने खासै गंभीर नबनेको उद्योग वाणिज्य संघमा आवद्ध एक सदस्यले बताउनुभयो । सडक दुर्घटना समबन्धि केहि घटनालाई अपवादका रुपमा छाड्ने हो भने अन्य घटनामा प्रहरी खासै सफल हुन नसकेको उहाले बताउनुभयो । महिनौ अघि डन कौशलको हत्यारा पत्ता नलाग्नु र हप्तौ हुन लाग्दा पनि मित्तल पत्ता नलाग्नुले प्रहरीको काम प्रति आफुहरु निरास बनेको ब्यापारीहरु बताउछन । प्रहरी खाली खोजतलास जारी छ बाहेक केहि भन्दैन कौशलका परिवारले आक्रोस पोखे ।
जिल्लाको पश्चिमी क्षेत्रमा असुरक्षाको धगधगी अझै कायम भएको भन्दै बहादरगंजका लागी स्वीकृत भएको वाणिज्य बैकको शाखा पुर्व ४ नम्बर जितपुर सरेर जानुले पनि स्थानियमा चिन्ता थपेको छ । भाद्र ३० को घटनाबाट नयाँ रुपमा पुर्नजन्म लिएको पश्चिमी क्षेत्रको चन्द्रौटा बजारका स्थानिय ब्यापारी तथा उद्योगीहरुले असुरक्षा बढदै गएकोमा चिन्ता ब्यक्त गरेका छन । उनिहरुले पश्चिमी क्षेत्र लगानी मैत्रि बनाउन सुरक्षा ब्यवस्था चुुस्त राख्नु पर्ने भन्दै विभिन्न समयमा प्रहरी प्रशासनलाई ध्यानाकर्षण समते गराउदै आएका छन । जिल्लाको पश्चिमी गाविस पत्थरदेइयाको शान्तिनगर र शिवराज नगरपालिकाको हल्लानगर अबैघ कारोबारको अखडाको रुपमा परिणत हुदै गएको र उक्त क्षेत्रबाट प्रहरीले विभिन्न समयमा अबैध लागु पदार्थ ओसार पसारमा संलग्न धेरैलाई पक्राउ गरेको प्रहरी कार्यालयमा अभिलेख छ । जसले पनि पश्चिमी क्षेत्रमा असुरक्षाको संक्रमण बढेको देखिन्छ ।
यता प्रहरीले सम्पुर्ण घटनाको छानविन तथा खोजतलास कार्यजारी रहेको र पश्चिमी क्षेत्र पुर्ण रुपमा सुरक्षित भएको बताउदै आएको छ । चन्द्रौटा कृष्णनगर लगायत पश्चिमी क्षेत्रका सम्पुर्ण स्थानमा नेपाल प्रहरी , शसस्त्र प्रहरीको चौविसै घण्टा सुरक्षा दिई रहेकाले उक्त क्षेत्र पुर्ण सुरक्षित भएको उनिहरुको भनाई छ ।
No comments:
Post a Comment