२७ साउन, कपिलवस्तु
कपिलवस्तुका सामुदायिक बिधालयमा कार्यरत अस्थाई शिक्षकले आफ्ना माग पुरा नभएको भन्दै बिधालय बन्द गरेर आन्दोलनमा उत्रिएका छन ।
शिक्षक सेवा आयोगको परि
क्षामा छनौट भएका स्थाई शिक्षकका कारण बिस्थापित हुनु परेको भन्दै अस्थाई शिक्षकले जिल्लाका ४ सय २५ सामुदायिक बिधालय बन्द गरि सदरमुकाम तौलिहवा स्थित जिल्ला शिक्षा कार्यालयमा धर्ना दिई अनिश्चिितकालिन आन्दोलनमा उत्रिएका हुन । शिक्षकहरु आन्दोलनमा उत्रिएपछि विद्यालय वन्द गरेर सवै निजी राहत तथा अस्थायी शिक्षकहरु तौलिहवा आएका थिए ।
जसका कारण जिल्लाका सामुदायिक विद्यालयका हजारौ विद्यार्थी विद्यालय आएर विद्यालय बन्द भएपछि निरास हुदै घर फर्केका छन । सरकारले विद्यालय शान्ति क्षेत्र घोषणा गरि कसैले विद्यालय बनद गर्न नपाउने नियम वनाएपनि शैक्षिक क्षेत्रमा कार्यरत जनशक्तिले विद्यालय वन्द गर्दा विद्यालय तथा विद्यार्थीहरुलाई समस्या परेको विद्यार्थीहरु वताउछन ।
शिक्षकहरुले बर्षौ देखी बिधालयमा अध्यापन गराउदै आएका शिक्षकलाई एकाएक बिस्थापित गर्ने कार्य गलत भएकाले शिक्षक हटाउन नहुने भन्दै आन्दोलन अगाडी बढाईएको बताएका छन । आन्दोलित शिक्षकले केहि दिन अधि आफुहरुलाई बिस्थापित गर्न नहुने भन्दै जिल्लामा संघर्ष समिती बनाएर जिल्ला शिक्षा समितीमा ज्ञापन पत्र दिएका छन । बर्षौ देखि अध्यापन गराउदै आएका शिक्षकलाई एकाएक बिस्थापित गर्ने सरकारी निती गलत भएकोले आन्दोलनमा समर्थन जनाएको सुर्योदय उच्च मा।बि बरवाका राहत शिक्षक बिमल आचार्यले बताउनु भयो ।
सरकारले स्थाईलाई नियुक्ती गर्ने र अस्थाई शिक्षकलाई सेवाबाट निस्कासन गर्ने भनि लिएको निती गलत रहेका कारण आफुहरुको पेशागत सुरक्षाका लागी बाध्य भएर आन्दोलनमा उत्रिनु परेको पिडित शिक्षक एवम बिधालय कर्मचारी संघर्ष समितीका जिल्ला संयोजक मनोज कुमार ओझाले जनका।ी दिनु भयो । सरकार र शिक्षा समितीले आफना माग पुरा गर्न चासो नदेखाए आन्दोलन यथावत राखी थप कडा आन्दोलनको तयारी गर्ने ओझाले बताउनु भयो । सो बिषयमा प्रतिक्रिया दिदै जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुलीले आन्दोलित शिक्षकका माग नितीगत रहेकाले माग बारे आफूहरुले कुनै निर्णय दिन नसक्ने बताउनु भयो ।

No comments:
Post a Comment