Sunday, August 10, 2014

नेवि संघ कपिलवस्तुको अधिवेशन ३० र ३१ साउन मा हुने ।।

चन्द्रौटा(कपिलवस्तु), २४ साउन ।

कपिलवस्तुमा लामो समयदेखी विवादका कारण हुन नसकेको नेपाल विद्यार्थी संघको ११ अधिवेशन अब हुने भएको छ ।
 



शुक्रवारआज० तौलिहवामा वसेको पदाधीकारी वैठकको
 निर्णयले यहि साउन ३० र ३१ गते अधिवेशन गर्ने मिति तय गरेको छ ।
यस भन्दा पहिले जेष्ठमा स्थगित

अधिवेशन  केन्द्रको निर्देशन तथा पार्टीको दवावका कारण आपसमा विवाद समाधान गरी अधिवेशनको मिति तय गरिएको नेविसंघ कपिलवस्तुले जनाएको छ ।
नेवि सघंका जिल्ला सभापति मोहम्मद वोजिह अरसद र कार्यवाहक सभापति प्रकाश घिमिरेले तौलिहवामा सयुक्त रुपमा पे्रस विज्ञप्ती निकाली साउन ३० र ३१ गते अधिवेशन गर्ने जनाएका हुन ।
जसअनुसार ३० गते उमेद्धारी मनोनय तथा ३१ गते निर्वाचन प्रक्रियामा जाने वताइएको छ । अधिवेशन तोकेपछि विद्यार्थीहरु प्रचार प्रसारमा लागेका छन । यस पटक सभापतिको उमेद्धारमा नेपाल आर्दश बहुमुखी क्याम्पस शिवपुरका स्वतन्त्र विद्यार्थी युनियनका सभापति विशाल गुप्ता नेविसंघ क्षेत्र नं.४ का पूर्व सभापति मधुसुदन कोइराला र निर्वतमान जिल्ला उपाध्यक्ष राकेश पाण्डे रहेको बुझिएको छ । 

नेवि संघ कपिलवस्तुको अधिवेशन ३० र ३१ साउन मा हुने ।।

No comments:

Post a Comment