चन्द्रौटा(कपिलवस्तु), २४ साउन ।
कपिलवस्तु जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाका प्रतिनिधीहरुले गैरसरकारी संस्था व्यवस्थापन ऐन आबश्यक रहेको बताएका छन । गैरसरकारी संस्था महासंघ कपिलवस्तुद्वारा आयोजित गैसस संग सम्बन्धित कानुनी व्यवस्थाहरुमा सुधारका लागी जिल्ला स्तरिय छलफल कार्यक्रमका सहभागीले सो सुझाव दिएका हुन ।
सो अवसरमा बोल्ने अधिकांस बक्ताले संसदमा पेश गरिएको सामाजिक बिकास ऐनका लागी सुझाव मस्यौदालाई सहयोग हुने बताएका थिए । सरकारद्वारा ल्याउन थालिएको एकिकृत सामाजिक बिकास ऐन भन्दा पनि गैरसरकारी संस्था व्यवस्थापन ऐन आबश्यक रहेको अधिकांसले बताए ।त्यसै गरि मस्यौदा सुझावपत्रमा टिप्पणीका क्रममा गैरसरकारी संस्थाहरुको बर्णिकरण र संस्थाको कार्यक्षेत्र निश्चित हुनु पर्ने, गैर सरकारी संस्थाका लागी निश्चित आचार संहिता बनाउनु पर्ने, परियोजना र कार्यक्रममा दोहोरोपन आउन नदिन एकद्धार निती अबलम्बन गर्नु पर्ने लगायतका सुझाव दिईएको थियो ।
गैसस महासंघ कपिलवस्तुका अध्यक्ष प्रबिण कुमार श्रीवास्तबको अध्यक्षता, उपाध्यक्ष जयप्रकाश पाण्डेको स्वागत, सचिव रामशरण रैदासको सञ्चालनमा सम्पन्न कार्यक्रममा गैसस महासंघका सल्लाहकार राजेश शाक्यले बिषयबस्तुमा प्रकाश पार्दै मस्यौदा बारेको सुझाव संकलन गरेका थिए भने प्रजिअ बिनोद प्रकाश सिंह, गैसस महासंघका पुर्व केन्द्रिय सदस्य पोम नारायण पौडेल, बार एशोसियसनका जिल्ला अध्यक्ष हुमनाथ पाण्डे लगायतले मन्तब्य दिएका थिए ।

No comments:
Post a Comment