Friday, August 22, 2014

बहराइनका प्रवासी नेपालीद्वारा संकलित राहत रकम विहिबार कपिलवस्तुका अग्नीपीडितलाई वितरण

सीताराम चौधरी
चन्द्रौटा(कपिलवस्तु), ५ भदौ ।
      बहराइनका प्रवासी नेपालीद्वारा संकलित राहत रकम विहिबार कपिलवस्तुका अग्नीपीडितलाई वितरण गरिएको छ ।
      जिल्ला प्रशासन कार्यालयमार्फत इलाका प्रशासन कार्यालय चद्रौटाले शिवराज–७, पिपरीका अग्नीपीडितलाई नगद रकम वितरण गरेको हो । अग्नीपीडित ३५ परिवारलाई जनही एक हजारका दरले नगद रकम वितरण गरिएको कार्यालयले जनाएको छ । शिवराज नगरपालिकाका निमित्त कार्यकारी अधिकृत कृष्णकुमार चौधरी र इलाका प्रशासन कार्यालय चन्द्रौटाका सह लेखापाल रामप्रकाश चौधरी पीडित वस्तीमा पुगी रकम वितरण गर्नुभएको थियो ।
      गत २०७० चैत्र १८ गते आगलागी हुँदा ४८ घरपरिवार घरबारविहीन भएका थिए । आगोमा परी सक्टु भरका ७ वर्षीय छोरा शिव भरको जलेर मृत्यु भएको थियो । आगलागीबाट डेढ करोड बढीको क्षति भएको थियो । त्यहाँका अग्नीपीडित यतिबेला सोही ठाउँमा घर बनाएर बस्न थालेका छन् ।

No comments:

Post a Comment