Friday, August 22, 2014

नेवि सघ कपिलवस्तुको बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम चन्द्रौटामा सम्पन्न ।।


सनि कपिलवस्तु
चन्द्रौटा भाद्र ६


नेपाल विद्यार्थी सघँकपिलवस्तुको बधाई तथा शुभकामना अदान प्रदान कार्यक्रम विहिवार चन्द्रौटामा सम्पन्न भएको छ । नेपाल अदार्श बुहुमुखी क्यापसका स्वावियु सभापती विशाल गुप्ताको अयोजनामा चन्द्रौटामा रहेको लुम्बिनी तालिम केन्द्रमा बधाई तथा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुरका स्वावियु सभापती विशाल गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कागे्रस कपिलवस्तुका सभापती तथा क्षेत्र नं ४ का सभासद सुरेन्द्रराज आचार्य रहनु भएको थियो । विशिष्ट अतिथिमा क्षेत्र नम्वर २ का स्वातन्त्र सभासद अतहर कामाल रहनु भएको थियो । अन्य अतिथिहरुमा नेपाली काग्रेस कपिलवस्तुका कार्यवहाक सभापती अब्दुल कलाम खानँ,जिल्ला सचिव विनोद नेपाल,महासमिति सदस्य हुमकान्ता खनाल, जिल्ला सदस्यहरु हरी प्रसाद पोखरेल, कृष्ण पौडेल,प्यार मोह्म्मद मियाँ, मन्जु लाता गुप्ता, नेपाली काग्रेस कपिलवस्तुका सस्थापक सभापती नवराज पाण्डे, नेपाली काग्रेस कपिलवस्तु क्षेत्र न। ४ का सभापती प्रेम बहादुर रायमाझी,५का सभापती भवनराज पौडेल,क्षेत्र नं १ का क्षेत्रीय सचिव केशव श्रेष्ठ, क्षेत्र नं ४ का क्षेत्रीय सचिव रोमलाल खनाल,शिवपुर गाविस इकाई सभापती नारायण पौडेल,चन्द्रौटा उद्योग वाण्ज्यि सघँका अध्यक्ष जमशेर अलि मिया,तरुण दल क्षेत्र नं ५ का सभापती सिराज अह्मद खाँ,नेपाल विद्यार्थी सघ क्षेत्र नं १ का सभापती चन्द्रकान्ता खनाल,३ का सभापती अनन्द कुमार चौधरी, ५ का सभापती बाल कृष्ण भुसाल, नेपाल प्रेस युनियन कपिलवस्तुका सचिव माणि प्रसाद गैरे ,रेडियो समानताका स्टेशन म्यानेजर राजु खराल,रेडियो मायादेवीका स्टेशन म्यानेजर गुरुदेव भटाराई,खोज न्युज टुडेका पत्रकार गोपाल पाठक,चन्द्रौटाका युवा उद्यामी, माधव घिमिरे र सुरेश जैसावाल लगायतको अतिथ्यिता रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी सँघ कपिलवस्तुका सभापती राकेश पाण्डेयले सबै विद्यार्थाीलाई समेटेर लैजाने बताउनु भएको छ । नव निर्वाचित सभापती पाण्डेयले सबै विद्यार्थीहरुको हक अधिकारलाई समेटेर सदैव एक भएर लाग्ने सबैको सल्लाहआनुसार आघि बढ्ने बताउनु भएको छ । कपिलवस्तुको चन्द्रौटामा अयोजित बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा आज पाण्डेले यस्तो बताउनु भएको हो । गत असार ३१ गते सम्पन्न नेपाल विद्यार्थी सघँ कपिलवस्तुको ११ औ अधिवेशनवाट निर्वाचित कार्य समिती , महाधिवेसन प्रातिनिधिहरु तथा अधिवेसनमा सहयोग गर्नै सम्पुर्णलाई बधाई तथा धन्यावाद दिदै सभापती पाण्डेयले विजयी तथा पराजित सबैलाई मिलाएर लैजाने बताउनु भयो ।
त्यस्तै शिवपुरका स्वावियु सभापती विशाल गुप्ताले सबै विद्यार्थीहरुलाई समेटेर सगंठन बालियोे बनाउनु पर्नै बताउनु भयो । अधिवेशनको क्रममा विभाजित भएका सम्पुर्ण विद्यार्थीलाई एक ढिक्कामा गसेर अगडी बढ्न सके नेपाल विद्यार्थी सघलाई नमुना बनाउन सक्ने बताउनु भयोे । बोल्ने अधिकान्स वाक्ताले नव निर्वाचित नेपाल विद्यार्थी सघका कार्य समिति सदस्य र महाधिवेन प्रातिनिधिहरुलाई सफल कार्यकालको शुभकामना दिदै सबै विजयी र पराजित लाई समेटेर लैजना अनुरोध गरेका थिए । कार्यक्रममा उपस्थित अतिथिहरुले नव निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई टिका लगाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
चन्द्रौटा उघोग बाण्ज्यि सघंका अध्यक्षँ जमशेर अलि मियाले क्षेत्र नं ४ का सभासद सुरेन्द्रराज आचार्य ,क्षेत्र नम्वर २ का स्वातन्त्र सभासद अतहर कामाल नेपाली काग्रेस कपिलवस्तुका कार्यवहाक सभापती अब्दुल कलाम , नेपाल आदर्श बहुमुखी क्याम्पसका स्वावियु सभापती विशाल गुप्ता र नेपाल विद्यार्थी सँघ कपिलवस्तुका सभापती राकेश पाण्डेयलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।
नेपाल विद्यार्थी सघ क्षेत्र नं ५ का सचिव विश्वमाणी घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी सघ क्षेत्र नं ५ का सभापती बाल कृष्ण भुसालले गर्नु भएको थियो ।

No comments:

Post a Comment