Monday, August 18, 2014

दुर्गन्धित बन्दै कपिलवस्तु चन्द्रौटा बजार..


दुर्गन्धित बन्दै चन्द्रौटा बजार..
सनी / कपिलवस्तु  भदौ 
शिवराज नगरपालिकाको एक मात्र मुख्य बजार चन्द्रौटा चोकको फोहोर व्यवस्थापनमा कसैको ध्यान नपुग्दा दुर्गन्धित बन्दै गएको हो । चन्द्रौटा बजारमा अहिले यति सम्म फोहर बढेको छ कि जता हे¥यो फोहर मात्र देखिन्छ
। करीब ६ महिना भयो बजारको फोहोर उठ्न नसकेको । वर्षातको पानीसँगै महिनौंदेखि थुप्रिएका फलपूmल, तरकारी, अन्न सडेर दुर्गन्ध फैलिन थालेको छ । प्लाष्टिक जन्य फोहोर जथाभावी फ्याँकिंदा बजार अस्तव्यस्त देखिन थालेको छ ।

फोहरले सडक नै ढाकिँदा समेत कसैले सफा नगरेको स्थानीयको आरोप छ । यसअघि उद्योग वाणिज्य संघले सशस्त्रको सहयोगमा बेलाबेलामा सरसफाई गर्दै आएको थियो । बजार सरसफाईका लागि स्थानीय व्यापारीले रकम समेत उठाउँदै आएका थिए । तर बजार व्यवस्थापनको जिम्मा लिएको उद्योग वाणिज्य संघको नेतृत्वमा विवाद भएपछि बजार सरसफाईमा प्रभावित बनेको हो । बजार सरसफाई ६ महिनादेखि हुन नसक्दा मुख्य सडक छेउछाउमा दुर्गन्ध फैलिएको छ ।

बजार सरसफाईमा मुख्य भूमिका नगरपालिकाले खेल्नुपर्ने हो तर कुनै चासो नदिंदा बजारमा दुर्गन्ध फैलिएको मानवअधिकारकर्मी विष्णुप्रसाद खतिवडाले आरोप लगाउनुभयो । समयमै फोहोर व्यवस्थापन नगरिए विभिन्न रोगको संक्रमण फैलिन सक्ने उहाँले बताउनुभयो ।

No comments:

Post a Comment