Friday, September 5, 2014

शिवराज नगरपालिकाको सिमाक्षेत्रमा स्वागत बोर्ड स्थापना ।।


सनि/कपिलवस्तु भाद्र १८
कपिलवस्तुको शिवराज नगरपालिकाले आफनो सिमा क्षेत्रका तिन स्थानमा मगंलवार स्वागत बोर्ड स्थापना गरेको छ । नगरपालिकाको निमिक्त कार्यकारी प्रमुख कृष्ण कुमार चौधरीको नेतृत्वमा सो बोर्ड स्थापना गरीएको हो ।

सिमाक्षेत्रमा स्थापना गरीएका बोर्डले नगरपालिकाको सिमा सुरु अनत्य भएको संकेत दिने कृष्ण कुमार चौधरीले बताउनुभयो । साथै सर्वसाधारण सम्पुर्णलाई नगरक्षेत्र बारे जानकारी समेत हुने चौधरीले बताउनुभयो । बोर्डमा यात्रुहरुको यात्रा मंगलमय रहोस भनि शुभकामना समेत ब्यक्त गरीएको छ । नगरपालिकाको तिन स्थान दक्षिण तर्फ लोहरौला, पश्चिम धानखोला पुर्वमा बेल नदि नजिकै बोर्ड स्थापना गरीएको छ । नगरपालिका कर्मचारी , ईलाका प्रशासन कार्यालयका प्रतिनिधी , संचारक्रमीको सहभागीतामा बोर्ड स्थापना गरीएको हो ।

No comments:

Post a Comment