Friday, September 5, 2014

मित्तलको अवस्था अझैसम्म अज्ञात

सीताराम चौधरी/
कपिलवस्तु, भदौ-५ ।
साताअघि जिल्लाको चन्द्रौटाबाट हराएका कपडा व्यापारी कृष्णनगर–४ का ५२ वर्षीय श्यामसुन्दर मित्तलको अवस्था अझैसम्म अज्ञात छ । व्यापारको सिलसिलामा चन्द्रौटा आएका मित्तल गत साउन २७ गते बुधबारका दिन दिउासोदेखि गायब भएका हुन् । मित्तलको अवस्थाबारे अझैसम्म अत्तोपत्तो नभएको छोरा नितिन कुमार मित्तलले बताए । मित्तलले व्याजेमा ऋण लगाउने हुादा सोही सिलसिलामा विहानैदेखि चन्द्रौटामा थिए । सोही कारोबारका लागि दुई अज्ञात व्यक्तिसाग सम्पर्क समन्वय भइरहेको र दिउासो करीब २ बजे मोटरसाइकलमा तिनै व्यक्तिसागै तौलिहवा हिंडेदेखि हालसम्म अज्ञात बनेका छन् । चन्द्रौटाको बीच चोक जहाा तीनओटा सीसी क्यामरा जडान गरिएको छ, उता वडा प्रहरी कार्यालय अगाडि चेकपोष्ट अगाडि दुईओटा सीसी क्यामरा लगाइएको छ । मित्तल चन्द्रौटाको बीच चोकबाट मोटरसाइकलमा निस्किएको र वडा प्रहरी कार्यालय अगाडिबाट गएको भएपनि सीसी क्यामरामा समेत कुनै अभिलेख कैद छैन । अपराधिक क्रियाकलाप रोकथाम र सडक दुर्घटना न्यूनीकरणमा थप सहयोग पुर्‍याउन बढी चहलपहल हुने क्षेत्रमा चौबीसै घण्टाको दृश्यको अभिलेख राख्न सीसी क्यामरा जडान गरिएको प्रहरी बताउाछ । तर प्रहरी कार्यालयमा त्यस घटनाको कुनै दृश्य कैद नहुनुले शान्ति सुरक्षामा थप चुनौती थपिएको स्थानीयको आरोप छ । मित्तल कृष्णनगर क्षेत्रमा धनाढ्य व्यक्तिमध्ये पर्छन् । सीमापारि बढनीमा उनको ठूलो कपडा पसल समेत रहेको छ । चन्द्रौटा क्षेत्रका कपडा व्यापारीसाग पनि उनको राम्रो सम्बन्ध रहेको छ । मित्तलले व्यापार बाहेक धितो राजीनामा लिई व्याजेमा ऋण समेत लगानी गर्ने गरेको व्यापारी बताउाछन् । मित्तलले चन्द्रौटा क्षेत्रका पहाडिया र मुस्लिम समुदायका कारोबार गर्ने व्यापारीहरुलाई मात्र ऋणमा रकम दिने गरेको छोरा नितिनकुमारले बताए । ऋण लगानी गर्नुअघि उनले अग्रिम ६ हजारसम्म रकम लिने गरेको स्थानीय बताउाछन् । मित्तल अज्ञात भएको दिन चन्द्रौटा चोक स्थित ज्ञवाली ट्रेडर्समा बसेर ऋण लगानी गर्ने व्यक्तिसाग बारम्बार मोबाइल सम्पर्क भइरहेको ट्रेडर्सका प्रोप्राइटर बुलानाथ ज्ञवालीले बताए । दिउासो झण्डै १ बजेको समयमा दुई अज्ञात व्यक्ति त्यहाा आई ६ हजार रकम दिएको तर उनीहरुको अनुहार ठम्याउन नसकेको ज्ञवालीले बताए । दुवैपक्षको कुराकानीपछि उनीहरुसागै मित्तल तौलिहवा जान भनी हिंडेको ज्ञवालीले जनाए । त्यस दिन सााझसम्म घर नफर्केपछि फोन सम्पर्क गर्दा समेत सम्पर्क हुन नसकेपछि परिवारजनले खोजीकार्य शुरु गरेका थिए । तौलिहवाको नापी तथा मालपोत कार्यालयमा जान हिंडेको भएपनि त्यहाा समेत नगएको सम्बन्धित कार्यालयले जनाएका छन् । मित्तलको खोजीकार्यका लागि प्रहरी प्रशासनमा अनुरोध गरेपनि प्रहरी घटनाप्रति खासै सक्रिय नबनेको छोरा नितिनकुमार मित्तलले आरोप लगाए । घटना भएको हप्ता नाघिसक्दा समेत प्रहरी प्रशासन खासै गम्भीर नबनेको सामाजिक अगुवाहरुको आरोप छ । हालसम्म पनि कुनै उपलब्धी नहुनुले पनि घटनाप्रति प्रहरी चनाखो नदेखिएको मानवअधिकारकर्मी बताउाछन् ।
यता प्रहरीले घटनाबारे विशेष अनुसन्धान कार्य गरिरहेको जनाएको छ । घटनाको वास्तविकता पत्ता नलागेसम्म सार्वजनिक गर्न नमिल्ने भन्दै केही दिनमै घटनाको सत्यतथ्य सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

No comments:

Post a Comment