Monday, October 5, 2015

रुपन्देहीको सैनामैना कालिकाचोकमा दुर्ई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा कपिलवस्तु निवासी २ जनाको मृत्

        रुपन्देही, असोज १८
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालीकाको कालिकाचोकमा लु ५ प ९६१८ नम्बरको मोटरसाइकल र लु १ प ४३७७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा कपिलबस्तुको
मोतिपुर–४ का २६ वर्षका बिक्रम पाण्डे र कपिलबस्तु बाणगंगाका ३५ वर्षका रुद्रप्रसाद पोखरेलको ज्यान गएको प्रहरीले जनाएको छ ।
उनीहरुको घटनास्थलमा नै ज्यान गएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । घाइते एक जना महिलाको बुटवलमा उपचार भैरहेको छ ।

रुपन्देहीमा आज  दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।

No comments:

Post a Comment