असोज १७ कपिलवस्तु
भारतले झण्डै दुई सातादेखि नेपालमा लगाउँदै आएको अघोषित नाकाबन्दी हटाउने निर्णय संगसंगै नेपालका भिभिन्न ठाउँबाट मालबाहक सवारी साधन भित्रिन थालेको छ ।
भारतीय विदेश मन्त्रालयले नाकाबन्दी हटाउन सरोकारबाला निकायलाई निर्देशन दिएलगत्तै नाका अल्ली खुकुलो बनाइएको थियो ।
नाकाबन्दी लगाएको स्वीकार नगरेको दिल्लीले नेपालसँगको सीमा नाकाहरुमा सहज आवागमनको व्यवस्था मिलाउन निर्देशन दिएको थियो । तर कपिलवस्तुको कृष्णनगर भन्सार भने मोर्चाका कराकर्ताको अबरुद संगसंगै अझै बन्द रहेने भएको छ । सरकारले संबिधानमा मोर्चासंग गरेको ८ बुदे उल्लेख नगरे सम्म नाकाबन्दी कायमै रहेको सङ्घीय समाजवादी फोरम नेपालका उपमहासचीव अभिषेक प्रताप शाहले हाम्रो सगरमाथालाई जानकारी दिएका छन् । साथै माग सम्बोधन नभएसम्म यो अवस्था कायमै रहेने जानकारी समेत जनाएका छन् ।
No comments:
Post a Comment