Friday, July 28, 2017

कपिलवस्तुमा टर्की पालन सुरु

 १३ साउन कपिलवस्तु
               कपिलवस्तुको शिवराज नगरपालीका ३ देउरालीटोलमा स्थानीय दुई दाजुभाईले टर्की पालन सुरु गरेका छन । दाजु भाई युवराज पौडेले र युधिरले टर्की पालन सुरु गरेका हुन ।
उनीहरुले १४ लाखको लगानीमा ८ महिना अघि देखि स्वरोजगार टर्की फर्म नेपाल नामबाट टर्की पालन सुरु गरे । संचालक युवाराजले ईन्टरनेटबाट जानकारी लिएर आफु टर्की पालनप्रति उत्प्रेरित भएको बताएका छन । ‘ ईन्टरनेटबाट टर्कीपालनका बिषयमा जानकारी लिए, लगानी अनुसार बढी फाईदा हुने देखे पछि यसमा हात हालेका हौ ’ ८ महिनाको अवधिमा प्रतिफल पनि राम्रै आएको छ । उनले भने नेपालभर
टर्की पालनप्रति आकर्षित गराउन र त्यस संबन्धी तालिमहरु प्रदान गर्न आफनो प्रमुख उदेश्य रहेको पौडेलले बताए ।
२ सय चल्लाबाट ब्यवसाय सुरु गरेका पौडेलले टर्कीपालनकालागि १० कठ्ठा जग्गा छुट्टाएका छन । जसमध्ये ४ कठ्ठामा खोर र ६ कठ्ठामा घास लगाएका छन । खोरमा ६ लाख र टर्कीका चल्ला, लगायतका सामान किन्न ८ लाख लागनी गरको युवाराजले बताएका छन । नेपाल मै पहिलो पकट चितवन पछि आफुहरुले नै टर्की पालनको सुरुवात गरको भाई युधीरले दाबी गरका छन ।
चितवनबाट निकोलस ५ सय र ३ सय जातका टर्कीका चल्ला किनेको उनले बताए । चितवनमा फ्रान्सबाट ल्याईएको अण्डाबाट चल्ला उत्पादन गरिएको हो । भाले जातका टर्कीहरु बिक्रीकालागि तयार भएका छन । भाले ९ देखि ११ किलो सम्मका हुने गर्छन । पोथीले अण्डा पार्न थालको छन । भाले टर्की किन्न चन्द्रोटाका ब्यापारीहरु घर मै आउने गरको युधीरले बताए । ‘ टर्की किन्नेहरुले बुटवल, प्युठान, अर्घाखाची लगायतबाट अर्डर गरेका छन, माग अनुसार माल पु–याउनै गाह्रो परेको छ ’ माग अत्यनतै वढिरहेको छ । चल्ला किन्न अधिकांसले अग्रीम वुकिङ गरिहेका छन उनले भने । बजारमा टर्कीको मासु प्रति किलो १ हजार रुपैयामा बिक्ती हुने गरको संचालकहरुले वताएका छन ।

No comments:

Post a Comment