Monday, April 9, 2018

प्रदेश नं ५ को प्रदेश स्तरिय क्रिकेट प्रतियोगीता सुरु । आज भएको पहिलो खेलमा ओम नेप्लिज चन्द्रौटाको पहिलो जित

 अराज सिहं बेल्बासे, चैत्र २६
                      कपिलवस्तुको शिवराज नगरपालिका शिवपुरमा रहेको शिवशक्ति युवा क्लवको आयोजनामा ५ नं प्रदेश स्तारिय खुल्ला टि २० न्यु इयर कप २०७५ क्रिकेट प्रतियोगीता आज देखि सुरु भएको छ ।
कपिलवस्तु क्षेत्र न ३ का सांसद अभिषेक प्रताप शाहले खेलको उद्दघाटन गर्दै खेल र खेलाडीहरुलाई राज्यले उचित व्यवस्थापन गर्न विशेष किसिमको व्यवस्था गर्ने बताउनु भयो
। उहाले खेलाडीहरुको परिश्रमिक र खेल व्यवस्थापनका विषयमा सांसद बैठकमा कुरा राख्ने बताउनु भयो

नेपाली क्रिकेट टोलीले अन्तराष्ट्रिय जगतमा पछिल्लो समयमा खेल सुधारदै नेपालीहरुको शिर उच्च गरेको भन्दै सांसद शाहले खुलेर प्रसांस गर्नुभयो । स्थानिय स्तरमा रहेका खेलाडीहरुलाई संरक्षण गर्दे उनीहरुलाई पनि राष्टिय स्तरसम्म लैजना आफुले सक्दो पहल गर्ने सांसद शाहले बताउनु भयो ।
शिवपुर कलौनीमा आज देखि सुरु भएको खेलमा १६ टिमले सहभागीता रहेको आयोजक संस्थाले जनाएको छ । कपिलवस्तुको पहिचना र खेलको सम्मान, अनुशासित र मर्या्दित समाज निर्माण गरी राष्ट्रलाई विकास गर्ने उदेश्यले खेल अयोजना गरीएको शिवशक्ती युवा क्लब खेल व्यवस्थापक मोहन पौडेले बताए ।
प्रदेश स्तरीय क्रिकेट खेलमा प्रदेश ५ नं प्रदेशका सबै जिल्लाका १६ वटा क्रिकेट समुहले सहभागीता जनाएको आयोजक सस्थाका अध्यक्ष जयवल्लभ भट्टराईले जनाउनुभयो । खेलको विजेताले नगद ६० हजार, उपविजेताले ३० हजार प्राप्त गर्नेछन । खेल २०७५ बैशाख ५ गते सम्म चल्ने छ ।
आज भएको पहिलो खेलमा भालुवाङ लाई ४० रनले पराजित गर्दै ओम नेप्लिज चन्द्रौटा दोस्रो चरणमा प्रबेश गरेको छ खराव मौषमका कारण निधारित १६ ओवरमा ओम नेप्लिजले दिएको १०७ रनको लक्ष्य पछाएको भालुवाङले १६ ओभरमा ९ विकेटको क्षतिमा ६७ रन बनाउन सक्यो ।
पहिलो ओवरमा २ विकेट गुमाएको ओम नेप्लिज चन्द्रौटा लाई लयमा फकाउन सजय मल्लले ५६ रनको योगदान गरेका थिए भने भालुवाङलाई सस्तैमा समेट्न सन्तोस चौधरीले ४ विकेट लिएका थिए । यस्तै भोलि हुने खेलमा राइटस्टेप एजुकेशन एकडमी र नेपाल आर्दश माबी बिच हुने छ । आजको खेलमा ५६ रन बनाएका संजय मल्ल म्यान अफ द म्याच भइका छन ।

No comments:

Post a Comment