Monday, January 28, 2019

सम्रग कृषिको अवस्था र कृषिमा नविनतम प्रविधी तथा युवाहरुको भुमिका सम्वन्धी १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न ।।

नवराज पौडेल ,कपिलवस्तु माघ १३ गते सम्रग कृषिको अवस्था र कृषिमा नविनतम प्रविधी तथा युवाहरुको भुमिका सम्वन्धी १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आईतबार कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा रहेको होटेल केलियोको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । समवृदि र स्वरोजगार को आधार कृषि क्षेत्रको विकासका लागी युवाहरुको नविनतम
विचार भन्ने मुल नारा सहित कार्यक्रम को आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रम का पमुख अतिथी प्रदेश ५ का प्रदेश सदस्य अर्जुन के.सी ले हामीलाई सधै अरुको भर पर्ने बानी परेकाले कृषि क्षेत्रमा अगाडी बढ्न नसकेको बताउनु भयो । यस्तो अबस्था मा कृषिलाई व्यावसायीकरण र आधुनिकिकरण बनाउन प्रयास गरेको भनी ऋग्वेद कृषि फर्म र सारथी एग्रो शोलुसन लाई अत्न्यतै सह्रानिय कार्य गरेको भन्दै खुशी व्याक्त गर्नु भएको थियो । हामीले पुरातन बादी सोंच हटाई कृषिलाई व्यावसायीकरण र आधुनिकिकरण बनाउन आधुनिक तरिकाले खेती गर्नुपर्ने बताउनु भयो । संघिय सरकार देखि स्थानिय सरकारले खुखुरा पालन ,माछा पालन तरकारी खेती लगाएत कृषिलाई प्रमोट गर्नका लागी बजेट विनियोजन गरेको र प्रदेश सरकारले शित भण्डार का लागी पाच करोड रुपिया छुट्याएको पनि बताउनु भयो । अहिले ५० लाख युवा युवतीहरु कामदारको रुपमा विभिन्न खाडि मुलुकमा छन् हामीलाई कुनै पनि पेशा गर्न कामदार चाहियो भने १००० कामदार युवा पाउंदैनौ । हामी विदेश मा गई पैसा कमाउने र नेपालमा आई घर घडेरी गहना किनिदिने पैसा खर्च गर्ने अनि एकदमै सम्पन्न छौँ भन्ने हामी भ्रममा छौँ युवाहरुलाई वैदेशिक रोजगारमा पठाएर देश कहिल्ले पनि समृद्ध नहुने र समृद्ध मुलुक बनाउन कृषि क्षेत्रबाट नै सकिने के.सी बताउनु भयो ।
शिवराज नगरपालिका का उपप्रमुख शिवकुमारी थारुले ऋग्वेद फर्मले सुरु गरेको कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो । कृषकले आफुलाई खान मात्र नभइ व्यावसायिक रुपमा नै कृषि उब्जाउ गर्नुपर्ने बताउनु भयो । यस्तै द फिट द फिउचरका निर्देशक अमर थिङले युवाले चाहे जुन सुकै काम सहजरुपमा गर्न सक्ने बताउनु भयो पहिला अन्य देशमा धान निर्यात गर्ने देशमा अहिले सम्पुर्ण खाद्यन्न का सामागी्र आयात गर्नु दुख दायी कुरा भएको बताउनु भयो । छिमेकी राष्ट्र भारत बाट सस्तैमा तरकारी तथा फलफुल भित्रिदां किसानले उब्जाएका तरकारी तथा फलफुल ले बजार र मुल्य नपाएको बताउनु भयो । ऋग्वेद कृषि फर्म अहिले पाँच जना कृषकहरु बाट सुरु गरिएको भए पनि आगामी एकवर्ष सम्म पचास जना नया कृषक उत्पान गर्ने लक्ष्य राखिएको ,कृषि क्षेत्रको विकास र विस्तारका निम्ती कृषि क्षेत्रमा नविनतम प्रविधीको प्रयोग, स्थानिय श्रोत साधनको प्रयोग गरि कृषि जन्य वस्तुहरुको उत्पादन ,बजारीकरण , र वेरोजगार युवा युवतीहरुका लागी आवश्यक तालिम सहित स्वरोजगारी श्रृजना गनुका साथै शिवराज नगरपालिका लाई नमुना कृषि क्षेत्रको रुपमा स्थापना गर्ने उदेश्य रहेको र यस उदेश्य पुरा गर्नका लागी सबै अभिभावकको सल्लाह सुझावको आवश्यकता रहेको अध्यक्ष सन्तोष पन्थ ले वताउनु भयो । कार्यक्रममा प्रदेश न.५ का प्रदेश सभा सदस्य अर्जुन के.सी,शिवराज न.पा का उपप्रमुख शिवकुमारी थारु,कृषि शाखा प्रमुख,पशु शाखा प्रमुख द फिट द फिउचरका निर्देशक अमर थिङ, नेपाल थोपा सिचाई संघका प्रमुख खोज राज कटुवाल, वडा अध्यक्षहरु ज्गत बहादुर जि.सी.,राम बहादुर थारु ,टेकलाल सापकोटा,अर्जुन पाण्डे सन्तरी प्रसाद कुर्मी लगाएत नगरपालिका भित्रका कृषकहरुको सहभागिता रहेका थियो ।

No comments:

Post a Comment