Tuesday, January 29, 2019

करिब १३ सयको हाराहारीमा रहेको सिंगो गाउँ नै लालपुर्जा विहिन,कपिलवस्तु

 मङ्लबार, माघ १५, २०७५
,कपिलवस्तु  ।   
           कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ८ मा पर्ने देविपुर गाउँ लाल पुर्जा विहिन छ । २०५९ साल मा वस्ति विस्तार भएको सोही गाउँका करिव ११९ घर परिवारको बसोबास रहेको छ । २०६४ को घटनामा विस्तापित

भएकाहरुलाई पुर्नस्थापना गरि निर्माण गरिएको वस्ती एक दशक वितिसक्दा समेत लालपुर्जा विहिन छ ।
२०६४ को घटनामा उजाड बनेको सोही गाउँमा कारितास नेपाल र सहज नेपाल कपिलवस्तुले पुर्नवासका लागि करिब ५५ लाखको लागतमा १२३ घर निर्माण गरेको तत्कालिन सहज नेपालका अध्यक्ष शरद अधिकारीले बताए । “पुरै बस्ती विस्थापित भएको अवस्थामा कारितास र सहज नेपालको आर्थिक सहयोगमा विस्तापितहरुका लागी वस्ती पुर्न निर्माण गरेको हो” अधिकारीले भने ।
पुर्नवासमा बसेको एक दशक बित्दा समेत आफुहरुले जोतभोग गरेको घर जग्गाको लालपुर्जा नपाएको स्थानिय खेतुलाल राना मगरले गुनासो गरे । ०५९ सालमा सुकुम्बासी भएर बसेका उनीहरु पुर्नबासको एक दशक बित्दा समेत सुकुम्बासी नै रहेका छन । वस्ती बस्दा ७५० जनसंख्या रहेको भए पनि अहिले सोही बस्तीको जनसंख्या करिब १३ सयको हाराहारीमा रहेको राना मगरले बताए । “चुनावको बेला लालपुर्जा दिन्छम भन्थे अहिले त सोधखोज गर्न पनि आउदैनन” मगरले भने ।
वस्ती बसाल्दा १२३ घरमा बसोबास गर्ने भए पनि हाल सोही बस्तीबाट २०÷३० घर विस्थापित भएका छन । कतिपयले पुर्नवासमा पाएको घर अर्कैलाई बेचेर अन्यत्र गएको स्थानिय सितादेवि जलारीले बताईन । “मैले घर किनेको ३ बर्ष भइसक्यो, लालपुर्जा केहि नभए पनि अहिले यहि घरमा बसोबास गरिरहेकी छु”उनले भनिन ।
१ घर सहित १ परिवारलाई खेतिबारी गर्न ५ कठ्ठा जमिन खेतिपाती गर्न तत्कालिन अवस्थामा दिएको सहज नेपालका पूर्व अध्यक्ष शरद अधिकारीले बताए । स्थानिय तहमा घरधुरी कर तिरिरहेको भए पनि घर जग्गाको लालपुर्जा पाउन नसकेको लोक ब. सुनारले बताए । संस्थाले घर आफुलाई नदिएको भए पनि खाली घरमा आफ्नो बसोबास गरिरहेका उनले हाल बस्दै आएको घरमा पनि अर्कै दावी गरी सुरुमा दुख दिएको बताए । “आफ्नो घर हुँदा हुँदै पनि संस्थाले बनाइ दिएको घरमा दावी गरेको थियो पछि मैले मुद्ध लडेर जितेको हो ।” सुनारले भने ।
यता लाल पुर्जाको समस्य स्थानिय सरकारले समाधान गर्न नसक्ने भएकोले आश्वासन मात्रै दिनु परेको नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताए । सुकुम्बासी समस्या देश कै विराल समस्या हो यसको समाधानको केन्द्र, प्रदेशले छिट्टै निति तयार गरी जोत भोग गर्दै आएका असली सुकुम्बासीको पहिचान गरी लालपुर्जा वितरण गर्नु पर्ने अधिकारीले बताए ।
देश कै समस्याको रुपमा रहेको लालपुर्जा विहिनहरुको समस्या देविपुर गाउँमा मात्रै नभएर जिल्ला विजयनगर गाउँपालिका लगायत अन्यत्र ठाउँको पनि समस्या रहेको रुपमा रहेको प्रदेश नं. ५ का प्रदेश सभा सदस्य अर्जुन के.सी.ले बताए । देविपुर लगाय अन्य सुकुम्बासी गाउँका समस्याको बारेमा प्रदेशमा पहल गरिरहेको के.सी.ले जनाए । भूमिहिनका समस्या समाधानका लागी अधिकार सम्पन्न भूमि सुधार आयोेग प्रदेशमा गठन हुन लागेकोले सोही आयोग गठन पश्चात यस्ता समस्यहरुको समाधान हुने के.सी.ले बताए ।
२०६५ मा पुर्न निर्माण भएको देविपुर वस्तीका घरहरु जिर्ण बन्दै गएका छन । बस्ती छाडेर अन्तै बसाइ सरेका घरहरु बन्द र जिर्ण बनेका छन । वस्तीका करिब ३० वटा घर जिर्ण र बन्द रहेका छन ।

No comments:

Post a Comment