Friday, January 25, 2019

भारतीय राजदूतावासले दिने छात्रवृत्तिको आवेदन फारम खुल्यो

माघ ११ गते शुक्रबार
           भारतीय राजदूतावासले विभिन्न छात्रवृत्ति कार्यक्रमको लागि विद्यार्थीहरुबाट आवेदन आह्वान गरेको छ । राजदूतावासले साधारण छात्रवृत्ति ९जीएसएस० तथा रजत जयन्ती छात्रवृत्ति ९एसजेएसएस० २०१९–२० को लागि विद्यार्थीहरुबाट छात्रवृत्तिको लागि आवेदन आह्वान गरेको हो ।

भारतीय राजदूतावास काठमाडौंले शैक्षिक शत्र २०१९–२० का लागि साधारण छात्रवृत्ति कार्यक्रम अन्तर्गत स्नातक तह तथा रजत जयन्ती छात्रवृत्ति कार्यक्रम अन्तर्गन स्नातकोत्तर तहमा भारतका विभिन्न विश्वविद्यालय तथा इन्ष्टिच्युटमा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरुबाट आवेदनको लागि आह्वान गरेको हो ।

छात्रवृत्ति कार्यक्रमको लागि थप जानकारी, योग्यता मापदण्ड तथा अनलाई फरम भर्नको लागि वेबसाइट   www.a2ascholarships.iccr.gov.in  मा जान सकिने छ । राजदूतावासका अनुसार फारम बुझाउने अन्तिम म्याद माघ २७ गते सम्म रहेको छ । थप विवरण भारतीय राजदूतावासले प्रकाशित गरेको तलको सूचनामा पनि हेर्न सकिने छ ।

No comments:

Post a Comment