गाएक तथा मोडल पुन मरुभुमिमा पसिना बगाउंदै ।। मरु भुमिमै भए पनि नेपाली गित संगित छाड्न नसकेको भनाई ।।
नवराज पौडेल
कपिलवस्तु
माघ ११ गते शुक्रबार
विगत ५ वर्ष देखि निरन्तर रुपमा साङ्तिक क्षेत्रमा लागी रहेका छन् । पुन अहिले मरुभुमिमा पसिना बगाउदै छन् । नेपाल मा संगित क्षेत्रमा रहेर आफ्नो
जिविका चलाउन गाह्रो भएको हुंदा आर्थिक अवस्था कमजोर बन्दै गएपछि विदेसिनु परेको उनले गुनासो गरेका छन् । गाएक भन्न सजिलो तर बन्न गा्रहो भएको उनि बताउंछन् सुरु सुरुमा स्टुडियो पनि नचिनेको र साङ्गितिक क्षेत्रमा काम गर्ने आफ्नै मान्छे बाट पनि ठगिएको उनले बताएका छन् । धेरै समस्या र पिडाका बाबजुत विदेशी भुमि हाल कुवेतमा ड्राईभिङ् गरिरहेको भए पनि नेपाली गित संगितलाई भने उनले छाडेका छैनन् । पुनले अहिले सम्म एक दर्जन बढि गितमा आफ्नो आवाज दिएका छन् रोल्पाली
सानु ,१ रोल्पाली सानु २ ,दई दिने जिवन,विछोडको पिडा, सयौं जुनी , तिज गित दाइकी साली लगाएत मध्ये आधुनिक गित सयौं जुनी र तिज गित दाइकी साली ले सामाजिक संजालमा धेरै चर्चा कमाउन सफल भएका छन् । तराई क्षेत्रमा आफ्नो जन्म थलो भएका कारण थारु आजके दिन आजके रात भन्ने गितमा पनि संगित गरेको उनि बताउछन् । उनी गाएक मात्र नभइ मिउजिक भिडियो मा समेत अभिनय गरेका छन् । उनले गाइको रोल्पाली सानु २ माघ ११ गते शुत्रबार युटुभ च्यानल ओऐसा डिजिटल बाट रिलिज हुने र अर्काे दुइ दिने जिवन यही माघ १६ गते रिलिज हुने तयारी मा रहेको उनले जानाकारी दिएका छन् । यि दुइ गितमा कपिलवस्तुमा चर्चित डान्स गु्रप जे डि सि मोडलिङ गरेको छ भने छायाकंन दिक्षान्त मुभिज क्रियशन प्रा.लि काठमान्डौ ले गरेको छ । कर्मथलो मरुभुमी भएपनि प्यारो जन्म भुमि लाई कहिल्लै विर्सन नसक्ने समेत बताएका छन् ।
No comments:
Post a Comment