Tuesday, February 26, 2019

'प्रचण्डकी छोरी रेणु भ्रष्टाचारमा लिप्त' उपप्रमुख पार्वती शाह ठकुरीको आरोप ।।

'प्रचण्डकी छोरी रेणु भ्रष्टाचारमा लिप्त' उपप्रमुख पार्वती शाह ठकुरी को आरोप ।।
काठमाडौँ- 
भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगर प्रमुख रेणु दाहालले आफू खुसी निर्णय गर्दै अनियमितता गरेको आरोप लगाएकी छिन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपप्रमुख ठकुरीले प्रमुख दाहाल एकलौटी ढङ्गले निर्णय गर्दै अनियमितता गरेको आरोप लगाएकी हुन् । उनले कार्यपालिका बैठक सञ्चालनमा आफूसँग समन्वय नगरेको समेत बताइन ।
उनले भनिन् “कार्यपालिका बैठकमा ल्याइने एजेण्डा एकलौटी तरिकाले ल्याउने गरिएको छ, समयमा जानकारीसमेत हुँदैन, एजेण्डामा कुनै विमति राख्दा ‘महानगर प्रमुखले चलाउने हो तपाईंले होइन’ जस्ता शब्द प्रयोग गर्ने गरिएको छ ।”
महानगरमा लेखा समिति गठन नगरी अनियमितता बढेको, जिन्सी समिति गठन नगरिएको, महत्वपूर्ण समिति एकलौटी ढङ्गले गठन गरेको, आस्था र विचारका आधारमा कर्मचारीलाई दुःख दिने काम गरिएको उनले अरोप लगाइन ।
स्थानीय सरकार सञ्चालन ऐनमा प्राप्त उपप्रमुखको अधिकारलाई प्रयोग गर्न प्राविधिक तथा कर्मचारी महानगरले पर्याप्त नदिएको उपप्रमुख ठकुरीको गुनासो थियो ।

No comments:

Post a Comment