Sunday, February 24, 2019

महाशिवरात्रीको अवसर पारेर रमुवादहमा महाशिवरात्रीको पर्व एबं विशेष सांकृतिक कार्यक्रम

फागुन ११, २०७५
        महाशिवरात्रीको अवसर पारेर शिवगढी पर्यटन विकाश संस्थाले महाशिवरात्री पर्व एबं विशेष सांकृतिक
कार्यक्रम आयोजना गरेको छ ।
नेपाल र भारतको हिन्दु धर्मलम्बीहरुको शिवगढी जाने प्रमुख बाटोको रुपमा रहेको रमुवादहमा सांकृतिक कार्यक्रम हुने भएको हो ।
यहि फाल्गुण १८ गते देखि २०सम्म आयोजना गरिने ३ दिने उक्त कार्यक्रम शिवराज ( को रमुवादहमा आयोजना गरीएको आयोजक संस्थाले जानकारी दिएको छ ।
बिगतमा पनि सांकृतिक कार्यक्रम भईरहने यस स्थलमा यस बर्ष भने समृद्धि र “विकाशका लागी ऐतिहासिक गढी तथा धार्मिक क्षेत्र शिवगढीको पहिचान,हाम्रो अभियान” भन्ने मुल नारा सहित
शिवगढी पर्यटन विकाश संस्थाको आयोजना शिवराज नगरपालिका, बिजय नगर गाउपालिका, र शिवगढी युवा संजाल शिवगढीको सहआयोजनामा ऐतिहासिक तथा पर्यटकिय क्षेत्र शिवगढीको प्रचार प्रसारका लागी बृहत महाशिवरात्री पर्व एबं विशेष सांकृतिक कार्यक्रम आयोजना गरीएको आयोजकले जनाएको छ ।

No comments:

Post a Comment