Wednesday, February 13, 2019

सांसद शाह द्धारा मदवामा ३५ लाख बराबर को डिप बोडिङ को शिलान्यांस किसानहरु हर्षित ।

सांसद शाह द्धारा मदवामा ३५ लाख बराबर को डिप बोडिङ को शिलान्यांस सिचाइको अभाव नहुने किसानहरु हर्षित ।। नवराज पौडेल फागुन १ गते रेडियो समानता कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका ३ मदवामा बुधबार ३५ लाख लागत बराबरको आठ इन्च पानी तान्ने डिप बोडिङ को शिलन्यांस गरिएको छ । नेपाली कांगे्रस क्षेत्र नम्वर ३ का प्रतिनिधी सांसद अभिषेक प्रताव शाहले बोरिङको शिलान्यांस गरेका हुन । किसान वलियो भए देश बलियो हुने भन्दै मदवा गांउमा सिचाई सुविधाका लागी अति आवश्यक प्रशस्त पानीको स्रोत नभएकाले बोडिङको लागी संसदिय बिकास कोषबाट सो रकम उपलब्ध गराएको शाहले जनाएका छन् । बुधबार नेपाली कांग्रेसका युवा नेता अजय थापाले कृषि मन्त्री भएकै गृह जिल्लामा सिंचाई सुविधाको अभाव, मलखाद तथा किसानलाई चाहिने आधुनिक कृषि औजारहरु को कमि हुनु दुखत भएको बताए । किसानलाई राज्यले प्रोत्साहान गरे दैनिक हामी जस्ता हजारौं युवाहरु विदेसिनु पर्दैन थियो थापाले भने । शिलान्यास कार्यक्रममा प्रतिनिधी सांसद अभिषेक प्रताव शाह, शिवराज नगरपालिका ३ का वडा अध्यक्ष टेकलाल सापकोटा ,युवा नेता अजय थापा र स्थानिय बासीको उपस्थिती रहेको थियो । सासंद शाह र युवा नेता अजय थापाले कोदालोले खनि पुजा गरेर शिलन्यास
गर्नुभएको हो यता गाउंमा सिचाईको सुविधा पाउने भएपछि किसानहरु हर्षित भएका छन् । गाउंमा सिचाईको अति नै अभाब थियो अव भने खेलबारी सिचाउन पाइने भयो गांउका एक स्थानियले भने । आज शिलान्यांस भएको बोडिङको २० दिनमा काम सम्पन्न हुने र सो डिप बोडिङ बाट मदवा,गिद्धौरा र धनगडा सम्म सिचाई गर्न सकिने समितीका अध्यक्ष चन्दन विक्रम मल्ल ठकुरीले जानाकारी दिएका छन्


No comments:

Post a Comment