Monday, February 4, 2019

सरकार अधिनायक वन्दै गएको कपिलवस्तु कंग्रेसको आरोप-भिडियो सहित

   सरकारको निरंकुश शैलीलाई अब सदन र सडक दुवैबाट प्रतिकार गर्दै कंग्रेस अघि बढ्ने चेतावनी

कपिलवस्तु, २१ माघ । 

              प्रधानमंत्री केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवाद तर्फ उन्मुख रहेको कपिलवस्तुका कंग्रेस नेताहरुले आरोप लगाएका छन् । दुई तिहाई बहुमतको दभ्ममा अघि बढेको सरकारको कार्य शैली प्रति आम नेपाली नागरिकहरु दिक्क भई सकेको नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रिय समितिको सर्कुलर अनुसार आज देशै भर नेपाली कांग्रेसले सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । सोही विरोध प्रदर्शनका क्रममा वर्तमान सरकारको कार्य शैलीको विरोध गर्दै कपिलवस्तु कंग्रेसले पनि आन्दोलित भएको छ ।

विरोध प्रदर्शन कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संघीय सांसद अतहर कमालले शान्तिपूर्वक प्रदर्शनमा प्रहरी प्रशासनले हस्तक्षेत्र गरेको भन्दै सो को विरोध गरेका छन् । कार्यक्रमलाई पुर्व केन्द्रिय सदस्य दीपकुमार उपाध्याय, जिल्ला सभापति सुरेन्द्र राज आचार्य, पुर्व जिल्ला सभापतिहरु सुधाकर पाण्डेय र राजेश आचार्यले नेतृत्व गर्नु भएको थियो । उहांहरुले सरकारको निरंकुश शैलीलाई अब सदन र सडक दुवैबाट प्रतिकार गर्दै कंग्रेस अघि बढ्ने चेतावनी दिएका छन् ।

विरोध सभालाई विद्यार्थी नेता चन्द्रकान्त पोख्रेल, नेपाल तरुण दलका अध्यक्ष शक्ति सिंह ठकुरी, युवा नेता गंगेश तिवारी, नेपाल महिला संघकी केन्द्रिय सदस्य सुमित्रा शर्मा लगायतले सम्वोधन गर्नु भएको थियो । सो अवसरमा शान्तपूर्वक विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकारलाई रोक्न खोजेको भन्दै कंग्रेस नेताहरुले स्थानीय प्रहरी प्रशासनको चर्को विरोध गरेका थिए । गाउं गाउंबाट आएका नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुले सदरमुकाम तौलिहवा बजार परिक्रमा गरी जिल्ला प्रशासन चौक नजिक विरोध सभा सम्पन्न गरिएको थियो ।

No comments:

Post a Comment