Saturday, February 2, 2019

बामपन्थी सरकार दुई तिहाई दम्भमा गलत कमहरुमा अगाडी वढेको आर्चायको आरोप


बामपन्थी सरकार दुई तिहाई दम्भमा गलत कमहरुमा अगाडी वढेको आर्चायको आरोप
नवराज पौडेल
                                                                            १९ माघ,२०७५, कपिलवस्तु
            नेपाली काग्रेसका जिल्ला सभापति तथा पुर्व सिचाई राज्य मन्त्री सुरेन्द्रराज आर्चायले बामपन्थी सरकार दुई तिहाई दम्भमा अगाडी वढेको आरोप लगाउनुभएको छ ।
नेपाली काग्रेस शिवराज नगरपालीका वडा न १ को ईकाई समीतीले आयोजना गरेको अन्तरक्रीया कार्यक्रममा वोल्दै नेता आर्चायले सरकार अधिनायकवादी शैलीमा अगाडी वढन खोजेको वताउनुभएको छ । उहांले विकास भनेको सडक विस्तार मात्र नभएको भन्दै समाजमा व्यापत भईरहेको अपराधलाई नियन्त्रण गर्न सरकारको ध्यानकर्षण गराउनुभयो ।साथै अहिलेको सरकार ठेकेदारहरुको कब्जामा रहेकेले यसले जनताको समस्याहरु अनुरुप काम गर्न नसक्ने र अहिलेको शिवराज नगरपालिकामा विकाश निमार्णका कामहरुमा जहां नेपाली काग्रेशको समिति छ त्यहां गलत काम भयो भन्दै पुलिस प्रसासन लगाईन्छ र जहा ओलि सरकारका कार्यकर्ताहरुको मनोमानि छ त्यहां विकाशका कामहरुमा कालो पत्रे वाटोहरुमा पटक पटक दुवो उम्रिएको भएता पनि भरण पोषण गरिएको छ भन्दै सम्पुर्ण कार्यकर्ताहरुलाई गलतकामको विरोध खुलेरै गर्ने युवा नेता अजय थापाले वताउनु भयो

कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सचिव प्रेम वहादुर रायमाझी युवा नेता अजय थापा , जिल्ला सदस्य हुमाकान्त खनाल , हरिप्रसाद खनाल , नेताहरु भवनराज पौडेल , नारायण ज्ञवाली , नेपाली काग्रेस नगर सभापति मधु पोख्रेल सचिव कृष्ण थापा लगाएतका व्यतmीहरुले सम्वोधन गर्नुभएको थियो ।
कार्यक्रम वडा सभापति चुमानसिंह रोकाको सभापतित्वमा सम्पनन भएको थियो

No comments:

Post a Comment