Friday, March 15, 2019

सरकारको एक वर्षे उपलब्धी शुन्यः काँग्रेस नेता पौडेल

कपिलवस्तु चैत्र १ ,
नेपाली काँग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले बर्तमान सरकारको एक वर्षे उपलब्धी शुन्य भएको बताउनु भएको छ । अधिनायकबादी चिन्तन हावी भएपछि सरकारले एक वर्ष त्यसै खेर फालेको नेता पौडेलले सरकारको खरो अलोचन गर्नुभयो । आम जनतालाई शान्ति सुरक्षा दिन असफल भएको सरकारले नेपालको संविधान तथा कानुनको खिल्ली उडाउने काम गरेको पौडेलले अरोप लगाउनु भयो ।

कपिलवस्तुको चन्द्रौटामा नेपाली कांग्रेस शिवराज नगर समितिले अयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाले अहिलको सरकार कुरामा मात्र सिमित भएको बताउनु भयो ।




सरकारले यो वितेको एक वर्षको अवधीमा जनजीविकाका खास काम गर्न छाडेको भन्दै, सिंचाईका लागि पानी उपलब्ध गराउन नसक्ने सरकारले पानी जहाजका कुरा गर्नु प्रधानमन्त्री केपी ओलीको वेवकुफि मात्रै हो भएको अरोप लगाउनु भयो । हाल जनताका मुलभुत समस्यालाई सरकारले ध्यान दिन पनि नसकेको भन्दै पौडेलले बर्तमान सरकारको खरो आलोचना गर्नुभयो ।

यस्तै सोहि कार्यक्रमलाई सम्बोदन गर्दै नेपाली कांग्रेसका नेता तथा पूव अर्थमन्त्री राम शरण महतले नेपालका कम्युनिष्टहरु नेपाली कांग्रेसको मुद्धामा समाहित भएको बताउनु भयो । नेता महतले कम्युनिष्टहरुले समाजबादको नारा अगालेको हुनाले निरास नहुन कांग्रेसी कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

महतले कांग्रेसले ल्याएका आर्थिक नितीहरुका कारण नेपालीको समग्र आर्थिक अवस्थामा सुधार भएको जिकिर गर्नु भयो । ४० प्रतिसत भन्दा बढि नेपालीहरु गरिवीको रेखामुनि रहेको विगतको अवस्थामा सुधार हुँदै हाल आएर झण्डै १५ प्रतिशतमा झरेको बताउनुभयो ।



कार्यक्रममा बोल्दै वक्तहरुले पार्टी विधानका आधारमा चुस्त दुरुस्त तरिकाले सञ्चालन हुनु पर्नेमा जोड दिएका थिए । निर्वाचनमा पराजय भोगे पछि पार्टी सेलाए जस्तो देखिएकोले देशै भर विभिन्न कार्यक्रम गरी कार्यकर्ताहरुलाई सान्तवना दिने काम गर्नुपर्ने बक्ताहरुले बताएका थिए ।

No comments:

Post a Comment