Sunday, March 17, 2019

कपिलवस्तु वनकसवासाका अग्नी पिडितलाई राहत

कपिलवस्तु चैत्र २
कपिलवस्तुको शिवराज नगरपालिका १ वनकसवासामा आगलागीवाट विच्चलीमा परेका अग्नी पिडीत परिवारलाई राहत वितरण गरिएको छ । नेपाल तरुण दल कपिलवस्तुले राहत वितरण गरेको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलर नेपाल विद्यार्थी सघं जिल्ला कार्यसमिति कपिलवस्तुले गएराती घटनास्थल वनकासवासा पुगेर राहत वितरण गरेको हो ।

वनकासवासाका अग्नी पिडित प्रजीत नेपाली, रमेश परियार, पुर्ण बहादुर नेपाली र धन बहादुर नेपालीका परिवारलाई राहत वितरण गरिएको हो । आगलागी भएपछि खुल्ला आकास मुनी बस्न बध्य भएका अग्नी पिडीतहरुलाई तरुणदलले राती नै विस्तारा, झुल, त्रिपाल, चामाल लगाएतका करिव ५० हजार वरावरको राहत साम्रागी वितरण गरेको वताएको छ ।
आगलागीवाट घर गोठ जलेको खवर न्युज सेन्टर नेपालमा प्रकाशित भएपछी राहत संकलनको कार्य अगाडी वढाएको तरुण दल कपिलवस्तुका सभापति शतmीसिंह ठकुरीले वताउनुभएको छ । सभापति ठकुरीले घटनास्थलमा पिडीतको विचल्ली देखेर दुख लागेको वताउनुभयो ।

आगलागीवाट पिडीत भएका परिवारलाई छिटो छरितो राहत वितरण गरेको प्रति नेपाली काग्रेंसका युवा नेता अजय थापाले धन्यावाद व्यतm गर्नुभयो । थापाले दुखको समयमा साथ दिनु भनेको नै शेवा भएको वताउदै अग्नी पिडीतहरुलाई राहतको लागी अन्य निकायलाई पनि सहयोग गर्न आवाहान गर्नुभयो ।
पिडामा थोरै भएपनि मलम लगाउन राहत लिएर आएको नेपाली काग्रेसका महासमिति सदस्य दुर्गा सेनले वताउनु भयो ।
तरुण दल , नेपाली विधाथी संघको टोलीले विगतमा पनि दुखमा परेकाहरुलाई साथ दिदै आएको नेविसंघ क्षेत्र न १ का सभापति चन्द्रकान्त पोख्रेलले वताउनुभया । राहत वितरण कार्यक्रममा कपिलवस्तु जेसिसका अध्यक्ष खुमानन्द घिमीरेले समेत विशेष सहयोग गर्नुएको थियो ।
राहत वितरण कार्यक्रममा बाबुराम खनाल, तिलक थापा, पवन थापा, विनोद थापा, चन्द्र मल्ल, राजन आले, प्रकाश जिसि र नरायण भण्डारीले सहयोग गरेका थिए । राहत पाएपछी अग्नी पिडीतहरु खुसी व्यक्त गरेका थिए ।


No comments:

Post a Comment